विराटनगर : झापा र उदयपुर जिल्लाको छुट्टा-छुट्टै स्थानबाट लागूऔषधसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको भद्रपुर नगरपालिका ५ स्थित मेचीपुलमा प्रहरी टोलीले चेकजाँचको क्रममा पैदलयात्री बिर्तामोड नगरपालिका ९ का १९ वर्षीय सुनील महतोको साथबाट ब्राउनसुगर एक ग्राम ३० मिलिग्राम फेला पारी पक्राउ गरेको हो ।
यसैगरी उदयपुरको बेलका नगरपालिका १ स्थितमा प्रहरी चौकी भागलपुरबाट खटिएको प्रहरी टोलीले चौदण्डीगढी २ का २८ वर्षीय समीर राई, २३ वर्षीय रबु परियार र २४ वर्षीय आशिष शाक्यलाई शंका लागेर चेकजाचँ गर्दा उनीहरूको साथबाट २१ एम्पुल प्रतिबन्धित औषधी बरामद गरेको हो ।
लागूऔषधसहित पक्राउ परेका उनीहरूको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको छ ।













Discussion about this post