बराहक्षेत्र : सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. ५ मा बिहीबार जङ्गली हात्तीको आक्रमणबाट एक जना वृद्धको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार जङ्गली हात्तीको आक्रमणबाट बराहक्षेत्र ५ घर भएका ६९ वर्षीय भीमबहादुर विष्टको मृत्यु भएको हो।
बिहीबार बिहान आफ्नो घर नजिक रहेको जनजागृति सामुदायिक वन क्षेत्रमा घाँस काट्न गएका अवस्थामा विष्टको हात्तीले कुल्चिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
पछिल्लो समय जङ्गली हात्तीको आक्रमणबाट सुनसरी, मोरङ र झापाका विभिन्न स्थानमा मानिसहरूको मृत्यु भइसकेको छ ।














Discussion about this post