Friday, September 18, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

लायन्स क्लब अफ इटहरी सुपर समृद्विद्वारा निःशुल्क शिविरमा पाँच सय बढी लाभान्वित

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस २७, २०८०
in समाचार
0
लायन्स क्लब अफ इटहरी सुपर समृद्विद्वारा निःशुल्क शिविरमा पाँच सय बढी लाभान्वित
87
SHARES
Share on FacebookShare on Twitter

इटहरी : लायन्स क्लब अफ इटहरी सुपर समृद्विद्वारा आयोजना गरिएको निःशुल्क आँखा, सुगर र प्रेसर जाँचमा पाँच सय जनाभन्दा बढी लाभान्वित भएका छन् ।

लायन्स क्लब अफ इटहरी सुपर समृद्वि र फुजिसान सगरमाथा बोर्डिङ स्कुलको संयुक्त आयोजनामा भएको शिविरमा नवदृष्टि आँखा हस्पिटलको सहकार्य रेहको थियो ।

शुक्रबार इटहरी १९ स्थित फुजिसान सगरमाथा स्कुलको प्राङ्गणमा आयोजना भएको शिविरमा पाँच सय भन्दा बढी लाभान्वित भएको लायन्स क्लबका अफ इटहरी सुपर समृद्विका अध्यक्ष राकेश श्रेष्ठले बताए ।

जहाँ आवश्यकता, त्यहाँ लायन्स भन्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरेको उनको भनाइ छ । उनकाअनुसार शिविरमा दुई सय वटा चस्मा निःशुल्क प्रदान गरियो ।

मोतियाविन्दु लागेका १७ जनाको निःशुल्क अप्रेसनसमेत गरिने उनले बताए । त्यसबाहेक विपन्न वर्गका नागरिकलाई ४० हजार बराबरको उपचार खर्च लायन्स र फुजिसान स्कुलले व्यहोर्ने श्रेष्ठले जानकारी दिए ।

यस्तै, दुवै आँखा नदेख्ने इटहरी १९ का सुभाष बस्नेतलाई शिविरकै अवसर पारेर नगद पाँच हजार रुपैयाँसमेत प्रदान गरिएको उनले बताए ।

शिविरमा लाभ लिएका इटहरी १९ का ईश्वर पुरीले अरु समयमा धरान गएर जाँच गरेपनि यसपटक भने आफ्नै गाउँघरमा सुगर जाँच गर्न पाउँदा खुशी लागेको बताए ।

६ वर्षदेखि सुगरका बिरामी रहेका उनले आफ्नै ठाउँमा भएको शिविरबाट लाभ लिएको बताए ।

स्थानीय दुर्गादेवी चौलागाईँले घर नजिकै शिविर हुँदा आँखा जाँच गराउन पाएकोमा हर्षित भएको बताइन् । कार्यक्रममा लायन्स क्लब अफ इन्टरनेशनलका डिस्ट्रिक गभर्नर विजयहरी शर्मा प्रमुख अतिथि रहेका थिए ।

लायन्स क्लबले स्कुलमा स्थानीय समुदाय र विद्यार्थीलक्षित शिविर सञ्चालन गर्दा आफूहरूलाईसमेत लाभ मिलेको फुजिसान सगरमाथा बोर्डिङ स्कुलका प्रधानध्यापक सूर्यप्रसाद चौलागाईँले बताए ।

कार्यक्रममा इटहरी १९ का वडाध्यक्ष श्रीनारायण चौधरी, इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

Tags: #लायन्सफुजीसन सगरमाथाराकेश श्रेष्ठलायन्स क्लब
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मन्त्रीको ‘ग्रीन सिग्नल’पछि कोशीका दुई सय ३२ योजना यसै वर्ष सम्पन्न गर्ने तयारी
FEATURE BREAKING

मन्त्रीको ‘ग्रीन सिग्नल’पछि कोशीका दुई सय ३२ योजना यसै वर्ष सम्पन्न गर्ने तयारी

by टाकुरा न्यूज । इटहरी
अशोज २, २०८३
0

विराटनगर : कोशी प्रदेशमा स्रोत अभावमा वर्षौंदेखि अधुरा र अलपत्र अवस्थामा रहेका २३२ वटा योजनाहरू यसै आर्थिक वर्षभित्र सम्पन्न हुने...

समाचार

इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
अशोज २, २०८३
0

इटहरी : इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ वर्षीय अनिल राई...

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

एक अर्ब ५७ करोडको हुण्डी कारोबार आरोपमा सुनसरी प्रहरीद्धारा दुई जना पक्राउ

अशोज २, २०८३
कानुनी साक्षरतामा जटिल प्रश्न – पाँच सय पनि नतिरी किन फरार हुन्छन् प्रतिवादी ?

कानुनी साक्षरतामा जटिल प्रश्न – पाँच सय पनि नतिरी किन फरार हुन्छन् प्रतिवादी ?

अशोज १, २०८३
वराहक्षेत्रमा तीर्थालुको सहायताका लागि खोलियो कार्यालय

वराहक्षेत्रमा तीर्थालुको सहायताका लागि खोलियो कार्यालय

अशोज १, २०८३
इटहरीमा सडक सुरक्षाका लागि रिफ्लेक्टर बोर्ड राखियो

इटहरीमा सडक सुरक्षाका लागि रिफ्लेक्टर बोर्ड राखियो

अशोज १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मन्त्रीको ‘ग्रीन सिग्नल’पछि कोशीका दुई सय ३२ योजना यसै वर्ष सम्पन्न गर्ने तयारी

मन्त्रीको ‘ग्रीन सिग्नल’पछि कोशीका दुई सय ३२ योजना यसै वर्ष सम्पन्न गर्ने तयारी

अशोज २, २०८३

इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

अशोज २, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

एक अर्ब ५७ करोडको हुण्डी कारोबार आरोपमा सुनसरी प्रहरीद्धारा दुई जना पक्राउ

अशोज २, २०८३
हामी अब हिँड्ने बाटो अध्यात्म र दर्शनको हो (अन्तर्वार्ता)

हामी अब हिँड्ने बाटो अध्यात्म र दर्शनको हो (अन्तर्वार्ता)

अशोज १, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    957 shares
    Share 383 Tweet 239
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    759 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    426 shares
    Share 170 Tweet 107
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    354 shares
    Share 142 Tweet 89
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.