इटहरी : उदयपुर र झापाबाट लागूऔषध गाँजा र ब्राउनसुगरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
उदयपुरको कटारी नगरपालिका ३ स्थित बसपार्कबाट लागूऔषध गाँजा ८ किलोग्रामसहित सिरहा गोलबजार नगरपालिका १ की २८ वर्षीया अनिता राईलाई पक्राउ गरिएको हो ।
यसैगरी झापाको दमक नगरपालिका २ बाट अस्थाई प्रहरी पोष्ट फाल्गुनन्दबाट खटिएको प्रहरी टोलीले २९ वर्षीय तागेन्द्र मगरलाई लागूऔषध ब्राउनसुगर पाँच सय मिलिग्रामसहित घरैबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।













Discussion about this post