इटहरी : मोरङ र झापाको दुई स्थानबाट लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका १२ का २३ वर्षीय शौरभ सोनी र झापाको दमक नगरपालिका ९ का २६ वर्षीय पासाङ तामाङ रहेका छन् ।
विराटनगर महानगरपालिका १५ स्थित एक नम्बर ढाटबाट लागूऔषध ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले सोनीलाई लागूऔषध ब्राउनसुगर ०.५७ ग्रामसहित पक्राउ गरिएको हो ।
यस्तै, झापाको दमक नगरपालिका ८ स्थित सब्जीलाईनबाट इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले तामाङलाई लागूऔषध ब्राउन सुगर २ ग्रामसहित पक्राउ गरिएको हो ।
पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post