विराटनगर : लागूऔषध ब्राउनसुगरसहित एक महिलालाई विराटनगरबाट प्रहरीले पक्राउ गरेको छ ।
तेह्रथुमको छथरकी ४६ वर्षीया नर्वदा लिम्बूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको टोलीले लिम्बूलाई विराटनगर महानगरपालिका १५ स्थित ३ नम्बर ढाटबाट बिहीबार दिउँसो ३ बजेतिर पक्राउ गरेको हो ।
भारतको जोगवनीबाट ब्राउन सुगर खरिद गरेर पैदल नेपाल आउँदै गरेकी उनलाई शङ्का लागेर खानतलासी गर्दा साथबाट १.१३ ग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकी उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।













Discussion about this post