खोटाङ : विदेश पठाइदिन्छु भन्दै ठगेको आरोपमा खोटाङका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा घर भइ मोरङ बेलबारी–२ बस्ने ३३ वर्षीय प्रेम पुरीलाई ठगीको आरोपमा भक्तपुरबाट प्रहरीले पक्राउ गरेको हो ।
पुरीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न ६ जनालाई विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटमा आइतबार पक्राउ गरी दिक्तेल ल्याएर सोमबार सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए ।
कार्कीका अनुसार पुरीले दुबईको सेरागन होटलमा काम पाउँने गरी पठाइदिने भन्दै दिक्तेलका इन्द्रबहादुर खड्का, कर्णबहादुर खड्का, राजेन्द्र खड्का, डिल्ली खत्रीबाट ५०–५० हजार, सोमबहादुर भण्डारीबाट ३५ हजार र जापान पठाइदिने भन्दै बाबुराम खड्काबाट ६ लाख ६० हजार ठगी गरेको उजुरी परेको छ ।
उनीहरूले २०७५ माघ ८ गते आइएमई मार्फत रकम पठाएको प्रहरीले जनाएको छ । पक्राउ परेका पुरीमाथि आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।













Discussion about this post