Wednesday, October 21, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

भरिया बनेर गाउँमा विद्यालय स्थापना गर्न सफल भोजपुरका सुवास

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ २७, २०८०
in समाचार
0
भरिया बनेर गाउँमा विद्यालय स्थापना गर्न सफल भोजपुरका सुवास
98
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : सामान्य परिवारमा जन्मिएर पर्यटकको भारी बोक्ने काममा लागेका ७१ वर्षीय सुवास तामाङले गाउँमा नै विद्यालयले स्थापना गरेका छन्।

३५ वर्षअघिबाट पर्यटकको भारी बोक्ने काममा लागेका तामाङले आफ्नो जन्मभूमि षडानन्द नगरपालिका–९ बैदर भञ्याङमा विद्यालय स्थापना गरेका हुन् ।

उनले विसं २०४६ मा चित्राले बारेर विद्यालय सञ्चालन गरेका थिए । उनले लालीगुँरास प्राथमिक विद्यालय स्थापना गरेर कक्षा ५ सम्मको पठाई थालेका थिए । त्यसपछि उनले विसं २०५१ मा चन्द्रसूर्य माध्यमिक विद्यालय स्थापना गरेर कक्षा ६ देखि १० सम्म सञ्चालन गरे । विसं २०६८ चैतदेखि दुई विद्यालयलाई गाभेर चन्द्र सूर्य माध्यमिक विद्यालय बनाइएको उनले जानकारी दिए ।

तत्कालीन समयमा विदेशी पर्यटकको भारी बोक्ने काम गर्ने तामाङले विदेशीबाट चन्दा सङ्कलन तथा आफूले भारी बोकेर कमाएको पैसाले यो स्थानमा दुई विद्यालय स्थापना गरेको बताए । त्यो समयमा यहाँका शिक्षकलाई उनले नै तलब दिए ।

विद्यालय स्थापना गरेको १८ वर्षसम्म आफैँले रकम सङ्कलन गरेर तलब खुवाएको उनको भनाइ छ । आफ्ना पिता लघुसिंह तामाङले देखेको सपनालाई पूरा गर्न धेरै दुःख र सङ्घर्षले विद्यालय स्थापना गर्न सफल भएको उनले बताए ।

“मेरो पिताको यो स्थानमा विद्यालय स्थापना गर्ने सपना थियो”, उनले भने, “तर उहाँको देहावसान भयो, पिताको सपनालाई साकार पार्न यो काममा जुटे र स्थापना गर्न पनि सफल भएँ, भारी बोकेर ल्याएको पैसाले मैले सुरुमा चित्राले बारेर विद्यालय चलाएको थिए, भारी बोक्ने क्रममा विदेशीलाई मेरो योजना सुनाएँ, त्यसपछि उनीहरुले मलाई थप सहयोग पनि गरे ।”

विद्यालयका लागि आफूले दुईपटक गरेर ७८ रोपनी जग्गा निःशुल्क दिएको तामाङले बताए । पछिल्लो समयमा दिएको सात रोपनी जग्गामा हालको चन्द्र सूर्य मावि सञ्चालन भइरहेको छ । बाँकी ७१ रोपनी जग्गा पनि विद्यालयले भोगचलन गरिरहेको उनले बताए ।

“म सामान्य परिवारमा जन्मेको मान्छे हुँ”, उनले भने, “तर यहाँ विद्यालय नहुँदा भोगेको दुःखलाई मैले नजिकबाट नियालेको थिएँ, विद्यालय स्थापना गरी छाड्ने अठोटका साथ अघि बढे, काम गर्दै जाने क्रममा अहिले सफल पनि भए, गाउँका बालबालिकाले अहिले घरको खाना खाएर शिक्षा लिन पाएका छन्, त्यो देख्दा गर्वले छाती फुल्छ ।” सरकारले विद्यालयको स्वामित्व लिएसँगै छ वर्षअघिबाट विद्यालय सञ्चालनको भार कम भएको उनले सुनाए ।

तामाङले सुरुआत गरेर सञ्चालन भइरहेको विद्यालयको कोशी प्रदेशका प्रदेशसभा सदस्य विनोद बान्तावाले पनि अनुगमन गरेका छन् । आफ्नो ठाउँको शैक्षिक सुधारका लागि समाजसेवी तामाङले खेलेको भूमिका प्रशंसायोग्य रहेको उनले बताए । “समाजका लागि उहाँले गरेको काम उदाहरणीय छ”, बान्तावाले भने, “भारी बोकेर योसम्मको काम गर्नु सामान्य कुरा होइन, यस्ता मान्छेको कामलाई हामीले कदरसँगै अनुसरण गर्न आवश्यक छ ।”

यो विद्यालयमा हाल करिब तीनसय विद्यार्थी अध्ययनरत रहेको स्थानीय तथा विद्यालयका शिक्षक कुसुम तामाङले बताए । भौगोलिक रुपमा विकट मानिने स्थानमा विद्यालय स्थापनाले धेरै बालबालिकाको सुन्दर भविष्य निर्माण भएको उनी बताउँछन् ।

“यहाँ विद्यालय स्थापनाले धेरै बालबालिकाको सुन्दर भविष्य निर्माण भएको छ”, शिक्षक तामाङले भने, “अहिले तीन सयको हारहारीमा बालबालिका पढ्दै आएका छन्, उहाँले पुरयाउनु भएको योगदानलाई समाजले भुल्नु हुँदैन, यो एउटा उदाहरणीय काम हो ।”

Tags: #भोजपुर#राससविद्यालय
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो
FEATURE BREAKING

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

by रासस
कार्तिक ३, २०८३
0

सुनसरी : धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको लर्को लागेको छ । बुढासुब्बा मन्दिरमा महानवमीका दिन कुखुराको भाले...

इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय
समाचार

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

by टाकुरा न्यूज । इटहरी
कार्तिक ३, २०८३
0

झापा : झापाको बाह्रदशी गाउँपालिका–२ मा मंगलबार बिहान जंगली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ भने अर्का वृद्ध गम्भीर...

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

कार्तिक ३, २०८३
तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

कार्तिक ३, २०८३
उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता

असोजमा उदयपुर प्रहरीमा ४२ मुद्दा दर्ता, १९ जना फरार

कार्तिक २, २०८३
सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

कार्तिक २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

कार्तिक ३, २०८३
इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

कार्तिक ३, २०८३
दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

कार्तिक ३, २०८३
तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

कार्तिक ३, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    638 shares
    Share 255 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    466 shares
    Share 186 Tweet 117
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    282 shares
    Share 113 Tweet 71
  • हावाहुरीले रुखको हाँगा भाँचिँदा सुनसरीमा एक महिलाको मृत्यु

    158 shares
    Share 63 Tweet 40

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.