Friday, April 24, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरीमा विद्यार्थीको पोसाक आकासे सर्ट र गाडा निलो कोटपेन्ट, कक्षा वृद्धि हुँदा भर्ना शुल्क लिन नपाइने

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ २८, २०८०
in समाचार
0
इटहरीमा विद्यार्थीको पोसाक आकासे सर्ट र गाडा निलो कोटपेन्ट, कक्षा वृद्धि हुँदा भर्ना शुल्क लिन नपाइने
132
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीका सबै विद्यालयका विद्यार्थीहरूले आगामी शैक्षिक सत्र २०८१ बाट गाडा निलो कोटपेन्ट र आकासे निलो रंङको सर्ट लगाउनुपर्नेछ । छात्राहरूले लगाउने फ्रकको रङ गाडा निलो तोकिएको छ ।

उपमहानगरपालिकाको नगर शिक्षा समितिको निर्णयअनुसार अब विद्यार्थीहरूले नयाँ पोसाक लगाउनुपर्ने भएको हो ।

समितिले तोकेको पोसाक अन्र्तगत, मौसम अनुसार जाडो महिनामा गाडा निलो रङको ज्याकेट, निलो स्वीटर लगाउनुपर्ने छ । जुत्ता कालो लगाउनुपर्ने र मोजा निलो लगाउने निर्णय भएको छ ।

शिक्षा समितिको निर्णयानुसार विद्यार्थीहरूले अब टाईको सट्टा कालो भादगाउँले टोपी लगाउनुपर्नेछ । सात दिन मध्ये मंगलबार र शुक्रबार भने सेतो सर्ट, सेतो पेन्ट, सेतै जुत्ता र मोजा लगाउनुपर्ने निर्णय गरिएको छ । यी पोसाक नगर शिक्षा समितिको बैठकले निर्णय गरी लागू गरेको हो ।

इटहरी उपमहानगरपालिकामा ३६ सामुदायिक र १३४ निजी गरी १७० विद्यालय छन् । यी विद्यालयमा अध्ययन गर्ने करिब ६३ हजार ५ सय २६ जना विद्यार्थीहरूले अब उपमहानगरले तोकेको पोसाक लगाउनेछन् ।

विद्यालयमा के–के गर्न पाईदैन ?

इटहरी उपमहानगरपालिकाले कुनै पनि विद्यालयले पाठ्यपुस्तक, स्टेशनरी सामाग्री र पोसाक बिक्री वितरण गर्न नपाउने निर्णय गरेको छ ।

इटहरीका धेरै विद्यालयहरूले विद्यालय हाता भित्रैबाट पाठ्यपुस्तक, स्टेशनरी सामाग्री र पोसाक बिक्री वितरण गर्ने गरेको गुनासो आएपछि बिक्रीमा रोक लगाइएको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख द्रोण दाहालले जानकारी दिए ।

उपमहनगरको निर्णयसँगै विद्यालयहाताभित्र पाठ्यपुस्तक बिक्री वितरण गर्न रोक लागेको छ ।

यस्तै, कुनै पनि विद्यालयले कुनै एक स्टेशनरी वा पुस्तक पसललाई तोकेर पाठ्यपुस्तक वा स्टेशनरी सामाग्री खरिद गर्न बाध्य बनाउन पाउने छैन । अभिभावकले जुनसुकै स्टेशनरीबाट खरिद गर्न सक्नेछन् ।

विशेष गरी निजी विद्यालयहरूले पोसाकसमेत बढी मूल्यमा आफ्नै विद्यालयबाट बिक्री गर्ने गरेका थिए । अब त्यो ‘धन्धा’को पनि अन्त्य हुने भएको छ ।

यसैगरी विद्यालयले अभिभावकलाई कुनै टेलर्स वा पसललाई तोकेर पोसाक खरिद गर्न र सिलाई गर्न पनि बाध्य नपार्ने उपमहानगरले जनाएको छ ।

अभिभावकले आफ्नो अनुकूलतामा जहाँबाट पनि खरिद गर्न र सिलाई गर्न सक्नेछन् ।

भर्ना शुल्क, मासिक शुल्क उपमहानगरले तोक्ने

उपमहानगरको नगर शिक्षा समितिको निर्णयानुसार अब विद्यालयहरूले बर्षैपिछे भर्ना शुल्क लिन पाउने छैनन् । कुनै विद्यालयमा भर्ना भएको समयमा एकपटक मात्र भर्ना शुल्क लिनुपर्नेछ ।

इटहरीका निजी विद्यालयहरूले प्रत्येक बर्ष माथिल्लो कक्षा वृद्धि हुँदा भर्ना शुल्क लिने गरेका छन् । अभिभावकले प्रत्येक बर्ष विद्यार्थीको भर्ना शुल्क तिर्नुपर्ने बाध्यता थियो । तर, अब पटकपटक भर्ना शुल्क तिर्नुपर्ने छैन ।

एकपटक भर्ना भएको विद्यार्थी सोही विद्यालयमा कक्षा १२ सम्म पढ्छ भने उसलाई पुनः भर्ना शुल्क लिन पाईनेछैन ।

यसैगरी विद्यालयहरूले आफूखुसी विभिन्न बहानामा शुल्क लिन पाउने छैनन् । नगर शिक्षा समितिले तोकेको मासिक शुल्क र अन्य शुल्क मात्रै लिन पाउने उपमहानगरले निर्णय गरेको दाहालले जानकारी दिए ।

आगामी शैक्षिक सत्रबाट शुल्कमा कडाई गरिने उनले बताए । मनपरी शुल्क असुल्ने विद्यालयलाई शिक्षा ऐनले दिएको अधिकार प्रयोग गरी कारबाही गरिने उनले बताए ।

प्याब्सनको धारणा के हो ?

उपमहानगरले गरेका निर्णयमा निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन (प्याब्सन) नगर समितिले सुरुमा असन्तुष्टि व्यक्त गरेको थियो । विशेषगरी सबै विद्यालयको एउटै पोसाक लगाउने विषयमा प्याब्सन नगर समितिले असन्तुष्टि व्यक्त गरेको थियो ।

‘लगाउँदै गरेको ड्रेस तत्काल परिर्वतन गर्दा अभिभावकलाई ठुलो आर्थिक भार पर्छ भनेर बैठकमा कुरा राखेको’ प्याब्सन नगर अध्यक्ष पूण्यप्रसाद सापकोटाले बताए ।

अध्यक्ष सापकोटाले भने, ‘तर बैठकमा उपस्थित बहुमत सदस्यहरूले ड्रेसकै कारण शिक्षाको गुणस्तर कायम गर्न असर पुर्याएको छ, त्यसले विद्यार्थीको मनोबलमा वृद्धि ल्याउँछ भनेर कुरा राखेपछि नगर प्याब्सनले त्यसलाई स्वीकार गरेको हो ।’

निर्णयलाई स्वीकार गरिसकेपछि पोसाकमा एकरूपता आउने अध्यक्ष सापकोटा बताउँछन् । यो निर्णय कार्यान्वयनमा आउने अध्यक्ष सापकोटाले बताए ।

इटहरीका निजी विद्यालयहरूले तोकिएको शुल्कअनुसार नै असुल गरिरहको उनको भनाइ छ ।

यता, नगर शिक्षा समितिमार्फत गरिएका निर्णयहरू कार्यान्वयन हुने शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख दाहालले दाबी गरे । उपमहानगरको निर्णय कार्यान्वयन नगर्ने विद्यालयको अनुगमन तथा निरीक्षण गरी आवश्यक कारबाही गर्ने उनले बताए ।

शैक्षिक अगुवाहरूको भनाइ के छ ?

लामो समय शिक्षण पेशामा रही सेवानिवृत्त भएपछि शैक्षिक संस्था सञ्चालन गर्दै आएका इटहरीका शैक्षिक अगुवा लेखनाथ घिमिरले उपमहनगरले ‘हतारमा निर्णय’ गरेको बताए ।

उपमहानगरले शैक्षिक क्षेत्रका व्यक्ति तथा सञ्चालकहरूसँग सल्लाह नगरी एकैपटक निर्णय गरेको घिमिरको भनाइ छ ।

निजी विद्यालय सञ्चालकहरूले पनि ठूलो जोखिम मोलेर लगानी गरेको हुन्छ, त्यसलाई पनि सुरक्षित गर्नुपर्छ । सबै विषयलाई सम्बोधन गर्ने गरी निर्णय भएको भए राम्रो हुने घिमिरले बताए ।

महेन्द्र क्याम्पस धरानका प्राध्यापक डा. रामजी तिम्सिनाले उपमहानगरले गरेको उक्त निर्णय स्वागतयोग्य रहेको बताए ।

तिम्सिनाले भने, ‘पहिलो विद्यार्थीलाई उस्तै देखियोस् भनेर एउटै पोसाक लगाउनु राम्रो हो । यसले विद्यार्थीको मानसिक बोझ हटाउने हुँदा मैले सकारात्मक रूपमा लिएको छु ।’

उनले कसरी शिक्षा सुध्रिन्छ भनेर बुझ्न आवश्यक रहेको बताए । उनले भने, ‘समाजले सर्टिफिकेट मात्रै बुझेको हुन्छ, तर शिक्षा के हो भनेर बुझेपछि शिक्षक, विद्यार्थी, अभिभावक र सरकारले के गर्ने सबै कुरा स्पष्ट हुन्छ ।’

गुणस्तर र पोसाक फरक कुरा हो भन्छन्, जनता बहुमुखी क्याम्पसका प्राध्यापक डा. टोलनाथ काफ्ले ।

‘बोर्डिङ र सामुदायिक विद्यालय बीचको प्रतिस्पर्धामा एउटै पोसाक लगाउँदा सामुदायिक विद्यालयका विद्यार्थीहरूले आफू तल्लो तहको हो भन्ने जुन भावना हुन्छ, त्यो कम गर्न मद्दत गर्छ ।’ काफ्लेले भने ।

पोसाक किन्ने ठाउँ विद्यालयले तोकिदिने जुन गलत प्रवृत्ति थियो त्यो हट्नु चाँहि निर्णयको सुन्दर पक्ष रहेको उनको तर्क छ ।
शैक्षिक गुणस्तर सुधार गर्न स्थानिय सरकारले सेवा क्षेत्र निर्धारण गर्नुपर्ने उनले सुझाव दिए ।

‘एउटै वडाभित्र, नजिक नजिकका एउटा विद्यालयमा विद्यार्थी धेरै भएर हटाउनुपर्ने तर अर्को विद्यालयमा विद्यार्थी नपाएर हैरान हुने अवस्थाको अन्त्य गर्न सेवा क्षेत्र तोक्नुपर्छ’ उनले भने ।

_ADVT

Tags: #इटहरी#इटहरी उपमहानगरपालिकाविद्यालयशिक्षा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ
समाचार

कोशीका चार जिल्लाबाट ब्राउनसुगरसहित आठ जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
बैशाख १०, २०८३
0

इटहरी : कोशी प्रदेशका चार जिल्लाबाट लागूऔषध ब्राउनसुगरसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको  छ । झापाको अर्जुनधारा नगरपालिका-११ स्थितबाट लागूऔषध...

कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?
FEATURE BREAKING

कोशी प्रदेशका क्याम्पसमा विद्यार्थी संगठनका अफिस र झन्डा हटाउन प्रहरी सक्रिय

by टाकुरा न्यूज । इटहरी
बैशाख १०, २०८३
0

इटहरी : कोशी प्रदेशका विभिन्न क्याम्पसहरूमा विद्यार्थी संगठनका अफिस, झन्डा, ब्यानर तथा पर्चा–पम्प्लेट हटाउन प्रहरीले अभियान थालेको छ। शैक्षिक संस्थालाई...

पर्यटकको पर्खाइमा भोजपुरको मुन्धुम पदमार्ग (फोटोहरूसहित)

मुन्दुम पदमार्गमा ११ देशका स्रष्टाहरूद्धारा पदयात्रा

बैशाख १०, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापामा जङ्गली हात्तीको प्रवेश, विद्युतीय घेराबेरा मर्मत अभाव

बैशाख १०, २०८३
संघ सरकारको निर्णय अवज्ञा, खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

संघ सरकारको निर्णय अवज्ञा, खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

बैशाख १०, २०८३
धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

सुनसरीका यी पोल्ट्री फार्ममा देखियो बर्ड फ्लु

बैशाख ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

कोशीका चार जिल्लाबाट ब्राउनसुगरसहित आठ जना पक्राउ

बैशाख १०, २०८३
कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?

कोशी प्रदेशका क्याम्पसमा विद्यार्थी संगठनका अफिस र झन्डा हटाउन प्रहरी सक्रिय

बैशाख १०, २०८३
पर्यटकको पर्खाइमा भोजपुरको मुन्धुम पदमार्ग (फोटोहरूसहित)

मुन्दुम पदमार्गमा ११ देशका स्रष्टाहरूद्धारा पदयात्रा

बैशाख १०, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापामा जङ्गली हात्तीको प्रवेश, विद्युतीय घेराबेरा मर्मत अभाव

बैशाख १०, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1372 shares
    Share 549 Tweet 343
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    522 shares
    Share 209 Tweet 131
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    466 shares
    Share 186 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    376 shares
    Share 150 Tweet 94

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.