इनरुवा : कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले इनरुवा–दुहबी सडकको निर्माण चाँडै सुरु हुने आश्वासन दिएका छन् ।
सुनसरी सदरमुकाम इनरुवामा स्थानीयबासीसँग कुराकानी गर्दै मुख्यमन्त्री कार्कीले सो सडकखण्ड निर्माणका लागि बोलपत्र आह्वानको प्रक्रिया अगाडि बढेकाले निर्माण चाँडै सुरु हुने आश्वासन दिएका हुन् ।
‘सडकखण्ड निर्माण प्रदेश वा सङ्घ सरकार कस्ले गर्ने विषयमा अन्योलता थियो । अब त्यो समस्या समाधान भएकाले निर्माण चाँडै सुरु हुन्छ’, उनले भने ।
मुख्यमन्त्री कार्कीले सुनसरीको विकासका लागि टुक्रे योजनाभन्दा जनतालाई प्रत्यक्ष फाइदा हुने योजना आवश्यक भएको बताए ।












Discussion about this post