इटहरी : इटहरीमा सिटी सफारीलाई व्यवस्थित गर्न उपमहानगरपालिकाले लगाएको टाइम कार्डविरुद्ध अदालतले अन्तरिम आदेश दिएको छ ।
योसँगै सफारी निर्वाध रूपमा चल्न पाउने भएका छन् ।
उच्च अदालत विराटनगरले सिटी सफारीलाई रोक्ने र अन्य कुनै पनि प्रकारको कर लिने कार्य नगर्न अन्तरिम आदेश दिएसँगै सफारी सञ्चालन पुरानै तरिकाले हुने भएको छ ।
सिटी सफारी चालकको पेसा व्यवसाय तथा रोजगारीमा प्रत्यक्ष असर पुग्ने भन्दै निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो । आदेशपछि सुन्दरहरैँचा नगरपालिकाबाट इटहरी प्रवेश गर्ने सफारी चालकहरू हर्षित भएका छन् ।
यसअघि इटहरी उपमहानगरपालिकाले सुन्दरहरैँचा नगरपालिकाका सिटी सफारीलाई इटहरी प्रवेशमा टाइम कार्ड लगाएको थियो ।














Discussion about this post