इटहरी : झापा र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागूऔषध ब्राउनसुगर र प्रतिबन्धित औषधिसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको दमक नगरपालिका ६ स्थितमा लागूऔषधको बेचबिखन भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले गौरीगञ्ज ३ का १९ वर्षीय गगन ऋषिदेवलाई चेकजाँच गर्दा लुकाईछिपाई ल्याउँदै गरेको १ सय २ ग्राम ब्राउनसुगर बरामद गरेको हो ।
बेचबिखनमा संलग्न सोही स्थानका २७ वर्षीय रविन पासवानलाईसमेत प्रहरीले पक्राउ गरेको जनाइकाृ छ ।
यसैगरी इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड ५ र ६ का १९ वर्षीय निराज मण्डल र १९ वर्षीय राहुल चौधरीलाई ४ ग्राम ब्राउनसुगरसहित बिर्तामोड ४ बाट पक्राउ गरेको हो ।
यता, विराटनगर १७ मटेरुवा स्थित इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो विरानगटबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री स्थानीय ३५ वर्षीय अनबर अलीलाई ९ ग्राम ३८ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यसैगरी विराटनगर १६ हुलास चौकबाट धरान १५ का ४२ वर्षीय सारक तामाङलाई प्रतिबन्धित औषधि लुपिजेसीक, डाईजेपम, ऐभिल र फेनारागन गरि जम्मा ४० एम्पुलसहित प्रहरीले पक्राउ गरेको हो ।
लागूऔषधसहित पक्राउ परेका सबैजनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post