Monday, April 20, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

खोटाङ : जन्तेढुङ्गा गाउँपालिकाका सामुदायिक स्वास्थ्य इकाइ बन्द हुँदै

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन १२, २०८०
in समाचार
0
75
SHARES
Share on FacebookShare on Twitter

खोटाङ : जन्तेढुङ्गा गाउँपालिकाका नागरिकलाई सहजरुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले तीन वर्षअघि गाउँगाउँमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरिएको थियो ।

विसं २०७४ मा स्थानीय सरकारले स्थापना गरेका ६ सामुदायिक स्वास्थ्य इकाइमध्ये चारवटा बन्द भएका छन् ।

स्वास्थ्य सेवा लिनका लागि घण्टौँ हिँड्न बाध्य नागरिकलाई मध्यनजर गर्दै स्वास्थ्यचौकी सरह सेवा दिनेगरी गाउँपालिकाले छ स्थानमा इकाइ स्थापना गरिएकामा अहिले जन्तेढुङ्गा–१ देविस्थानको सिक्किमटार र जन्तेढुङ्गा–२ बोपुङको डुम्रीकोटे सामुदायिक स्वास्थ्य इकाइमात्र सञ्चालनमा छन् ।

स्वास्थ्य इकाइको उचित व्यवस्थापनमा गाउँपालिका प्रशासनले बेवास्ता गर्दा वडा नं ४ डम्बर्खुशिवालयस्थित बाम्राङ र कात्तिके सामुदायिक स्वास्थ्य इकाइ, वडा नंं ५ चिसापानीको खुटा छिरुवाधारा र मातेपानी सामुदायिक स्वास्थ्य इकाइ बन्द भएका जन्तेढुङ्गा–४ का वडाध्यक्ष विदुरमान राईले जानकारी दिए ।

राजनीतिक स्वार्थका कारण इकाइ बन्द गरिएका उनले आरोप लगाए ।

खुटाछिरुवाधारामा विसं २०७७ कातिक २७ गते र कात्तिकेमा विसं २०७७ फागुन ५ गते विशेष समारोहका बीच स्वास्थ्य इकाइ स्थापना गरिएको थियो । उद्घाटन भएको केही समयसम्म सञ्चालन भएर बन्द गरिएका ती इकाइबाट अहिले गाउँघर क्लिनिक र खोप सेवामात्र सञ्चालन हुने गरेका स्थानीय बताउँछन् ।

खुटाछिरुवाधारामा इकाइ सञ्चालनका लागि गाउँपालिकाको लगानीमा भवनसमेत बनाइएको थियो ।

अघिल्लो स्थानीय सरकारले स्थापना गरेका इकाइमध्ये आवश्यकीय स्थानकालाई निरन्तर सञ्चालन गरिएको भन्दै अनावश्यक स्थानकालाई बन्द गरिएको गाउँपालिकाका उपाध्यक्ष खेमबहादुर खड्काले बताए । उनका अनुसार जनशक्ति राख्ने आन्तरिक श्रोत नभएकाले अनावश्यक ठाउँका सामुदायिक स्वास्थ्य इकाइ बन्द गरिएको हो ।

“अघिल्लो जनप्रतिनिधिले स्थापना गरेको भनेर इकाइ सञ्चालन नगरिएको होइन । जनशक्ति राख्ने आन्तरिक आयश्रोतको अभावमा बन्द गर्नुपरेको हो”, उपाध्यक्ष खड्काले भने, “निरन्तरता दिनका लागि जनशक्ति अभाव छ । कतिपय इकाइ कार्यालय सहयोगीको भरमा सञ्चालनमा रहेकाले बन्द गर्नुको विकल्प थिएन । अति आवश्यकीय ठाउँमा बाहेक अन्य बन्द गरिएको हो ।”

जनशक्ति तथा आवश्यक उपकरण, फर्निचरलगायत सामग्रीको व्यवस्थापन नगरी स्थापना गरिएका चार इकाइबाट हाल गाउँघर क्लिनिक र खोप कार्यक्रम सञ्चालन हुँदै आएको गाउँपालिकाले जनाएको छ ।  बामोल सामुदायिक स्वास्थ्य इकाइ भने स्थापना भए पनि उद्घाटन भएर सञ्चालन नै नभएको स्थानीय बताउँछन् ।

Tags: #खोटाङ#रासस#स्वास्थ्य
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा
FEATURE BREAKING

धरानमा गाँजा बोकेको स्कारपियो गाडीसहित तीन जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
बैशाख ६, २०८३
0

इटहरी  : धरान उपमहानगरपालिका-१३ कोशी लोकमार्ग स्थितबाट लागूऔषध गाँजा बोकेको स्कारपियो गाडीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका...

छोरी–बुहारीलाई निःशुल्क स्नातक पढाएर रोजगारी दिँदै सूर्योदय नगरपालिका
विविध

पठन संस्कृति विकास गर्न दुई वर्षे अभियान सुरु, २१४ विद्यार्थी र ३५ शिक्षक सहभागी

by रासस
बैशाख ६, २०८३
0

इलाम : सूर्योदय नगरपालिका-५ मा पठन संस्कृति विकास गर्न अभियान सुरु गरिएको छ। अभियानमा सात वटा सामुदायिक विद्यालयका २१४ विद्यार्थी...

इटहरी गोल्डकप : सातदोबाटोलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज फाइनलमा

इटहरी गोल्डकप : सातदोबाटोलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज फाइनलमा

बैशाख ६, २०८३
विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि

विराटनगरमा धर्म प्रचारमा संलग्न ६ जना पक्राउ

बैशाख ५, २०८३
उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’

उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’

बैशाख ५, २०८३
कञ्चनजङ्घा क्षेत्रमा पर्यटक बढेसँगै व्यवसायी उत्साहित

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन

बैशाख ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा

धरानमा गाँजा बोकेको स्कारपियो गाडीसहित तीन जना पक्राउ

बैशाख ६, २०८३
छोरी–बुहारीलाई निःशुल्क स्नातक पढाएर रोजगारी दिँदै सूर्योदय नगरपालिका

पठन संस्कृति विकास गर्न दुई वर्षे अभियान सुरु, २१४ विद्यार्थी र ३५ शिक्षक सहभागी

बैशाख ६, २०८३
इटहरी गोल्डकप : सातदोबाटोलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज फाइनलमा

इटहरी गोल्डकप : सातदोबाटोलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज फाइनलमा

बैशाख ६, २०८३
विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि

विराटनगरमा धर्म प्रचारमा संलग्न ६ जना पक्राउ

बैशाख ५, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1299 shares
    Share 520 Tweet 325
  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    689 shares
    Share 276 Tweet 172
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    466 shares
    Share 186 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • तरहरामा दुई वटा मोटरसाइकल ठोक्किँदा भुजेलको मृत्यु, दुई घाइते

    370 shares
    Share 148 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.