Monday, April 20, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विचार

उमेर बढ्दै जाँदा जीवनका इच्छाहरू खुम्चिदैँ जाँदारहेछन्…

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन १४, २०८०
in विचार, समाचार
0
उमेर बढ्दै जाँदा जीवनका इच्छाहरू खुम्चिदैँ जाँदारहेछन्…

रोशन भुजेल ।

311
SHARES
Share on FacebookShare on Twitter

३० वर्ष काट्नु भनेको ३० वटा हिउँद कटाउनु वा ३० वटा केक काटिनु मात्र होइन । जीवनको एउटा महत्वपूर्ण अध्याय गुजार्नु पनि हो । जिन्दगीले ३० औँ बसन्त पार गर्दै गर्दा असली सम्बन्धका वृत खुम्चिदैँ जाँदा रहेछन् ।

र, जिन्दगीका प्राथमिकताको सूची पनि छोटिदाँ रहेछन् । जीवनका इच्छाहरू, चाहना र आवश्यकतामा विभाजित हुँदा रहेछन् । थुप्रै चाहनाहरूलाई त्याग्दै आवश्यकताकोे साँध निर्धारण गर्नुपर्ने रहेछ । यसबीचमा सपनाका आयामहरू पनि साँघुरो बन्दै जाँदारहेछन् ।

कहिलेकाँही ‘म’ बाट ‘मलाई’ पर निकालेर आफैलाई प्रश्न गर्छु । खल्तीमा ३० हजार सधैँ हुन्छ ? हुँदैन ।

समाजमा ३० जनाको प्रेरणाका स्रोत बन्न सकिएको छ ? छैन । ३० जनाको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सकिएको छ ? छैन । ३० ठाउँ राम्ररी घुमिएको छ ? छैन । ३० वटा पुस्तकको गहिराइसम्म पुगेर अध्ययन गरिएको छ ? छैन ।

यी र यस्ता प्रत्येक प्रश्नको उत्तर छैनमा टुंगिन्छ भने ३० वर्षसम्म व्यर्थै जीवन खेर फालिएछ कि भन्ने सोचाइले भयभीत हुन्छु । अनि जिवनमा आफू हिडेको वाटो पुन फर्केर नियाल्न खोज्दछु।

जिन्दगीका ३० औँ भञ्ज्याङ पारिबाट आफू हिँडेको बाटो सम्झन्छु । पाँचौ भञ्ज्याङभन्दा पारिको सम्झना आफ्नै नजरले धमिलो देख्छ ।

त्यसबेलाको समय खासै याद गर्न पनि सकिन्न । त्यसयता कहिले राम्रो गरेंजस्तो लाग्छ, कहिले असफल भएजस्तो पनि लाग्छ ।

कतै भविष्य उज्यालो भएजस्तो लाग्छ त कहिले निष्पट्ट अँध्यारोजस्तो पनि लाग्छ । यतिका धेरै वर्ष वितेको पत्तै नहुँदा यो ब्रमाण्डमा सबै भन्दा छिटो त मान्छेको उमेर उड्दो रहेछ जस्तो पनि महसुस हुन्छ ।

कहिलेकाहीँ दौंतरीहरूसँग चिया गफमा अलिक बढी समय नै बित्छ । चिया गफमा हुने कुरा तिनै हुन् । कहिले व्यक्तिबारे, कहिले समाज, देश, राजनीति, देशमा भइरहेका समसामयिक घटनाक्रम त अबको देशबारेका चर्चा, परिचर्चा भइरहन्छन् । तर, यसबाहेक अर्को कुरा पनि हुन्छ । त्यो हो आफ्नो निजी जीवनका कुरा ।

जस्तैः

‘हामी र हाम्रो पुस्ता अलिक चाँडै पो जन्मिएछ कि ?’

‘१० वर्षपछि जन्मिएको भए कति प्रगति हुन्थ्यो होला ?’

वा अघिल्लो पुस्तालाई हेर्दै हामी भनिरहेछौँ कि, ढिलो जन्मियौँ हामी ।

‘हामीले अरु पाँच, सात वर्ष पहिले जन्मिएको भए केके गरिसक्थ्यौँ होला ?’

यी र यस्तै कल्पनाका कुराहरू पनि हुन्छन् । जसले हामी (म) आफूले बाँचेको जीवनप्रति पूर्ण सन्तुष्ट छैन भन्ने कुरा म सहजै अनुमान लगाउन सक्छु । हुनत एक दृष्टिकोणबाट हेर्ने हो भने हामी आ–आफ्नो क्षेत्रमा, कर्ममा र जीवनमा कोहीपनि पूर्ण सन्तुष्ट छौँ जस्तो लाग्दैन ।

यो मेरो निजी अनुमान हो । मेरो अनुमान सतप्रतिशत सही हुनैपर्छ भन्ने छैन ।

केही वर्ष पहिले जन्मिएका दाजुलाई सम्झिन्छु । र, मोबाइलमा क्यालकुलेटर निकाल्छु । तत्कालीन समयमा दाजुले मलेसियामा श्रम गर्दा मासिक ४० हजार रुपैयाँ कमाउनुहुन्थ्यो । यसरी हेर्दा वर्षको चार लाख ४८ हजार । क्यालकुलेटरले निस्फ्रिकी हिसाब निकालिदियो ।

त्यसबेला यति पैसाले राम्रै ठाउँमा, राम्रै जमिन आउँथ्यो । त्यही जमिन अहिले महिनाको चार लाख कमाउँदा पनि किन्न गाह्रो हुने अवस्था देखिन्छ । तर, अहिले देशको अर्थतन्त्रको अवस्था हेर्ने हो भने चार लाख होइन, यसको चार गुणा कम गर्दा पनि कमाउने अवस्था छैन । धेरै असत्य खबरहरूबीच यो सत्य कुरा हो ।

कहिलेकाहीँ सोच्छु, केही वर्षअघि जन्मिएको थिएँ भने, म खाडी मुलुक नै गएर भएपनि राम्रै कमाउँथे होला । राम्रै गाडी चढिन्थ्यो होला । फेरि अर्को मनले सोच्छु, अलिक ढिलो जन्मिएको थिएँ भने, प्रविधिको विकासले थुप्रै अवसरहरू प्राप्त हुन्थे होलान् ।

तर, हाम्रो जस्तो बहिर्मुखी समाजमा जो वस्तु जगततिर मात्र हेरेर प्रगतिको मापन गर्दछ, उसलाई बाँच्नका निम्ति निकै सकस हुनेरहेछ ।

त्यसो त एकप्रकारले सोच्दा राजतन्त्रदेखि, १० वर्षे जनयुद्धदेखि, लोकतन्त्र, गणतन्त्र हुँदै संघीय लोकतान्त्रित गणत्रतान्तमक मुलूकलाई हाम्रो पुस्ताले नजिकबाट नियालिरहेको छ ।

जीवनको उमेर ठीक, कि बेठीक भन्ने प्रश्न एकातिर उब्जिरहँदा यी विभिन्न कालखण्डलाई नियाल्दा यस्ता युगान्तकारि परिवर्तनको साक्षी बन्न पाउदा कहिलेकाहीँ आफू जन्मेको समय एक हिसाबले ठीक समयको मूल्यांकन गर्छु ।

मलाई केही समयअघि मात्रै समाजका एक शिक्षित व्यक्तिले प्रश्न सोध्नुभयो ।

‘तपाईँ कुन राजनीतिक दलमा आवद्ध हुनुहुन्छ ?’

वहाँको प्रश्नले म झस्किएँ । जसबाट मैले त्यो किसिमको कुनै प्रश्नको अपेक्षा नै गरेको थिइँन । उहाँबाटै उपेक्षित प्रश्नले म झस्किएको सत्य हो । मैले उहाँलाई केही बेरपछि मुस्कुराउँदै जबाफ पर्काएँ ।

‘म कुनै दलमा छैन । कुनै दलको साधारण सदस्य लिएको छैन । त्यसैले म कुनै राजनीतिक दलमा छैन भन्दा कस्तो हुन्छ ?’
मेरो उत्तरमा केही प्रश्न पनि मिसिएको थियो ।

उहाँले लगत्तै भन्नुभयो – ‘उसोभए तपाईँ किन नेपाल बस्नुभएको त ? कि त देश बनाउनुप¥यो, कि त देश छाड्नुप¥यो ।’

वहाँको यो कुरामा केही आक्रोश देखिन्थ्यो । केही देशका शीर्षस्र्थप्रति व्यङ्य झल्किन्थ्यो । केही देशको वर्तमान अवस्थाको चित्रण प्रस्तुत हुन्थ्यो ।

उहाँको त्यो कुराले म निशब्द बनें । अहिले पनि कहिलेकाहीँ त्यो कुरा सोच्दा मन एकत्रित बनेर सोचिरहन्छ ।

हुनत मसँग देश परिवर्तन गर्न सक्ने कुनै अद्भुत क्षमता पनि छैन । न कुनै विकासमा छलाङ्ग मार्ने, कुनै दृष्टिकोण नै छ । न कुनै नेताको झोला बोकेर वर्षौँपछिसम्म लाग्ने समय नै छ ।

अहिले म र मजस्ता धेरै युवाहरूले एउटा भाष्य निर्माण गरेका छन् । यो देशले हामीलाई के दियो ? यो भाष्य आम मानिसको मस्तिष्कमा परेको छ । म पनि यसबारे कहिलेकाहीँ सोच्छु । तर, फेरि सोच्छु कि, यो देशले मलाई जन्म दियो ।

तर, मैले यो देशलाई के दिएँ ? हामीले देशलाई केही दिन नसकेरै पनि देशलाई नै गाली गरिरहेका छौँ । कतै हाम्रो सोचाइको दायरामै पो कमजोरी छ कि ? यसबारे पनि सोच्न आवश्यक छ जस्तो लाग्छ ।

यही देशको माटोमा आफ्नो सपनालाई साकार दिनका निम्ति लिएको अठोटको डोरी मक्किएजस्तो महसुस भएपनि अझै देशमा केही गर्नु त छदैँछ ।

अन्त्यमा, आफ्ना बा को त्यागलाई, आमाको सपनालाई साकार पार्दै आफ्नो पहिचान बनाउनु त छदैँछ । हरेक जन्मदिनले जीवनबारे झस्क्याइरहेपनि जीवनका लागि नयाँ अध्यायको सुरुआत त गर्न बाँकी नै छ …

Tags: #विचाररोशन भुजेल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

तेह्रथुममा छोराले बञ्चरो प्रहार गरी बाबु–आमाको हत्या गरे
FEATURE BREAKING

उदयपुरमा ७३ वर्षीय वृद्धले गरे ६४ वर्षीयको हत्या, कारण के थियो ? 

by टाकुरा न्यूज । इटहरी
बैशाख ७, २०८३
0

उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं. ७ मा छिमेकीसँगको सामान्य विवादले एक पुरुषको ज्यान गएको छ। उग्र रूप लिँदा...

विविध

एक सय १० मेगावाटको दुधकोशी पाँचौँ जलविद्युत् आयोजना निर्माण हुने

by रासस
बैशाख ७, २०८३
0

सोलुखुम्बु जिल्लाको दुधकोशी नदीमा एक सय १० मेगावाटको दुधकोशी पाँचौँ जलविद्युत् आयोजना निर्माण हुने भएको छ । यहाँको माप्य दुधकोशी...

पाँचथरको चौँरी महोत्सव : पर्यटन र आम्दानी दुवै, गोठ नै बने ‘गोठबास’

पाँचथरको चौँरी महोत्सव : पर्यटन र आम्दानी दुवै, गोठ नै बने ‘गोठबास’

बैशाख ७, २०८३
झापा ११ लाई विराट गोल्डकपको उपाधि

झापा ११ लाई विराट गोल्डकपको उपाधि

बैशाख ७, २०८३
लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा

धरानमा गाँजा बोकेको स्कारपियो गाडीसहित तीन जना पक्राउ

बैशाख ६, २०८३
छोरी–बुहारीलाई निःशुल्क स्नातक पढाएर रोजगारी दिँदै सूर्योदय नगरपालिका

पठन संस्कृति विकास गर्न दुई वर्षे अभियान सुरु, २१४ विद्यार्थी र ३५ शिक्षक सहभागी

बैशाख ६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

तेह्रथुममा छोराले बञ्चरो प्रहार गरी बाबु–आमाको हत्या गरे

उदयपुरमा ७३ वर्षीय वृद्धले गरे ६४ वर्षीयको हत्या, कारण के थियो ? 

बैशाख ७, २०८३

एक सय १० मेगावाटको दुधकोशी पाँचौँ जलविद्युत् आयोजना निर्माण हुने

बैशाख ७, २०८३
पाँचथरको चौँरी महोत्सव : पर्यटन र आम्दानी दुवै, गोठ नै बने ‘गोठबास’

पाँचथरको चौँरी महोत्सव : पर्यटन र आम्दानी दुवै, गोठ नै बने ‘गोठबास’

बैशाख ७, २०८३
झापा ११ लाई विराट गोल्डकपको उपाधि

झापा ११ लाई विराट गोल्डकपको उपाधि

बैशाख ७, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1299 shares
    Share 520 Tweet 325
  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    689 shares
    Share 276 Tweet 172
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    466 shares
    Share 186 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • तरहरामा दुई वटा मोटरसाइकल ठोक्किँदा भुजेलको मृत्यु, दुई घाइते

    370 shares
    Share 148 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.