मोरङ : मोरङको बूढीगंगाको अलगअलग स्थानबाट प्रहरीले शुक्रबार र शनिबार लागूऔषध गाँजासहित दुईजना महिलालाई पक्राउ गरेको छ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार घरबाट गाँजा बरामद भएपछि बूढीगंगा गाउँपालिका २ की ३५ वर्षीया रिनादेवी सिंह र बूढीगंगा–५ की ४५ वर्षीया मुनिया खातुनलाई पक्राउ गरिएको हो ।
सिंहको घरबाट शुक्रबार साँझ ५ किलोग्राम गाँजा बरामद गरिएको र घरमा लुकाएर राखेको गाँजा बिक्री गर्ने गरेको सूचनाका आधारमा प्रहरीले उनको घरमा छापा हानेको थियो।
प्रहरीले छापा हान्दा प्लाष्टिकको बोराभित्र लुकाएर राखेको अवस्थामा गाँजा फेला परेको डीएसपी दाहालले बताए।
त्यस्तै, प्रहरीले खातुनको घरमा शनिबार दिउँसो छापा हान्दा १ किलोग्राम गाँजा बरामद भएको थियो।
प्लाष्टिकको झोलाभित्र लुकाएर राखेको अवस्थामा उनको घरबाट गाँजा बरामद भएको डीएसपी दाहालले बताए। दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post