खोटाङ : खोटाङको हलेसी तुवाचुङ नगरपालिका १० अर्खौलेमा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
आइतबार (आज) मध्य पहाडी लोकमार्गको खार्पाबाट कटारीतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–००६ ख २४०२ नम्बरको टिपरले बिपरीत दिशाबाट आउँदै गरेको स ९ प १२१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक खोटाङ हलेसी तुवाचुङ ६ का २० वर्षीय टंकल राईको घटनास्थलमै मृत्यु भएको हो ।
घटनामा संलग्न ठक्कर दिने टिपर र टिपर चालक कटारी नगरपालिका ३ उदयपुरका ४३ वर्षीय पदमकुमार कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।














Discussion about this post