इटहरी : झापा र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानहरूबाट लागूऔषध ब्राउनसुगर र नियन्त्रित औषधीसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको कमल गाउँपालिका ३ स्थितमा रहेको एक होटलमा लागूऔषध बेचबिखन भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले होटल सञ्चालक ३५ वर्षीय सरोज थापा र शिवसताक्षी ६ का ३० वर्षीय बिष्णु खड्कालाई ३८ ग्राम लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
त्यसैगरी विराटनगर १६ स्थित भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री दमक नगरपालिका ८ का २० वर्षीय रमेश राजवंशी र १९ वर्षीया कोपिला राजवंशीलाई इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले लुपिजेसीक, डाईजेपाम, ऐभिल र फेनारागन गरी जम्मा ५२ एम्पुल नियन्त्रित औषधीसहित पक्राउ गरेको हो ।
यस्थै, इलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरी टोलीले मोरङको बूढीगंगा ५ बाट १ केजी गाँजासहित स्थानीय मुनिया खातुनलाई पक्राउ गरेको हो ।
लागूऔषधसहित पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post