इटहरी : मोरङ र उदयपुरबाट लागूऔषधसहित दुईजनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा मोरङ लेटाङ नगरपालिका ५ का २४ वर्षीय राज कुँवर र उदयपुर चौदण्डीगढी नगरपालिका ६ का ३१ वर्षीय विजय राई रहेका छन् ।
कुँवरलाई विराटनगर महानगरपालिका १६ हुलास चौक स्थितबाट लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषध लुपिजेसीक ८ एम्पुल, डाईजेपाम ८ एम्पुल, ऐभिल ८ एम्पुल र फेनारागन ८ एम्पुलसहित पक्राउ गरेको हो ।
यसैगरी राईलाई जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उदयपुरको चौदण्डीगढी नगरपालिका ५ सिवाई स्थितबाट लागूऔषध लुपिजेसीक ३० एम्पुल, डाईजेपाम ३० एम्पुल र फेनारागन ३० एम्पुल सहित पक्राउ गरेको हो ।
पक्राउ परेका दुवैजनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post