इटहरी : झापा र मोरङको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको गौरादह नगरपालिका ५ स्थित प्रहरी चौकी महरानी झोडाबाट खटिएको प्रहरी टोलीले मे ६ प ४७८० नम्बरको मोटरसाइकल चेकजाँच गर्दा मोटरसाइकल चालक गौरादह ४ का २२ वर्षीय नीरज खत्रीको साथबाट २९ ग्राम ४६० मिलिग्राम ब्राउनसुगर र नगद ८ हजार रुपैयाँसहित पक्राउ गरिएको हो ।
यसैगरी विराटनगर महानगरपालिका १५ बाट इटहरी १० का १८ वर्षीय राहुल चौधरीलाई नाइट्राभेट ५० ट्याब्लेटसहित लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
लागूऔषधसहित पक्राउ परेका उनीहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।













Discussion about this post