इटहरी : इटहरी उपमहानगरपालिका १६ बाट प्रतिबन्धित लागूऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध खैरो हिरोईनको खरिद बिक्री कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले दुईजनालाई पक्राउ गरेको हो ।
प्रदेश १–०२–०४७ प १९५३ नम्बरको मोटरसाइकलमा सवार रहेका इटहरी १६ का ३१ वर्षीय सुजन भन्ने बालकृष्ण घिमिरेलाई चेकजाँच गर्ने क्रममा चुरोटको बट्टामा लुकाई राखेको ४ ग्राम ७७० मिलिग्राम र उनैले घरमा लुकाई राखेको ३ ग्राम सहित जम्मा ७ ग्राम ७७० मिलिग्राम खैरोहेरोई सहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यसैगरी सोही घटनामा संलग्न रहेका इटहरी ८ का २३ वर्षीय प्रिवेष पौडेललाई समेत नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।













Discussion about this post