झापा : झापाको कमल गाउँपालिका २ स्थितमा जंगली हात्तीको आक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ ।
शुक्रबार राति साढे ११ बजे स्थानिय ५८ वर्षीया खड्गमाया लिम्बूको हात्तीले आक्रमण गर्दा मृत्यु भएको हो ।
उनी छिमेकीको भुँइतले झुप्री घरमा सुतिरहेको अवस्थामा नजिकै रहेको जंगलबाट आएको हात्तीले आक्रमण गरेको हो ।
मृतकको शव पोस्टमार्टमको लागि दमक अस्पताल पठाइको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post