इटहरी : मोरङको सुन्दरहरैँचा नगरपालिका ७ बाट इटहरीका दुई युवकलाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा इटहरी ५ का २५ वर्षीय जीवन लिम्बू र वर्षीय २६ को सुमन लिम्बू रहेका छन् । उनीहरूलाई २ ग्राम ५१ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
लागूऔषधसहित पक्राउ परेका उनीहरूको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post