Friday, August 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

अभिभावकबाट जथाभावी शुल्क असुल्दै इटहरीको जनता माध्यमिक विद्यालय

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र २२, २०८०
in टाकुरा विशेष, समाचार
0
अभिभावकबाट जथाभावी शुल्क असुल्दै इटहरीको जनता माध्यमिक विद्यालय
179
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी ९ मा रहेको जनता माध्यमिक विद्यालयले विद्यार्थी भर्ना शुल्कको बहानामा जथाभावी शुल्क असुलेको पाइएको छ ।

नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना शीर्षकमा प्रति विद्यार्थी तीन सय रुपैयाँ लिएको पाइएको हो । त्यति मात्रै होइन, अंग्रेजी माध्यमको अध्यापनका लागि भनेर अभिभावकबाट जबरजस्ती रूपमा १९ हजार सात सय पचास रुपैयाँ लिने गरेको पाइएको छ ।

मंगलबार विद्यार्थी भर्नाका लागि फारम लिने अन्तिम दिन रहेको र २४ गते प्रवेश परीक्षा रहेको विद्यालयमा शुल्क उठाइरहेकी कर्मचारी सरिता सुवेदी परियारले बताइन् । उनका अनुसार प्रत्येक कक्षामा दुई सय बढी विद्यार्थीले फारम भरेर भर्नाका लागि आवेदन दिएका छन् ।

‘हामीले एक वटा कक्षामा ४० जना मात्रै विद्यार्थी भर्ना गर्ने भनेर तयारी गरेका छौँ,’ उनले भनिन्, ‘यो तीन सय शुल्क भनेको प्रवेश परीक्षा गराउँदा हुने खर्चका लागि हो ।’

विद्यालयले सहयोग स्वरूप भन्दै अभिभावकबाट शुल्क उठाउँदै आएको छ ।

खासगरी सामुदायिक विद्यालयहरूले शिक्षाका नाममा कुनै पनि शुल्क लिन नपाउने संवैधानिक व्यवस्था भएपनि जनता माविले भने सहयोग शुल्कको रसिद छापेर अभिभावकबाट जबरजस्ती शुल्क उठाउँदै आएको छ ।

बर्सेनि अभिभावकबाट अंग्रेजी माध्यममा लिइने शुल्क भने शिक्षकको खर्च व्यवस्थापनका लागि लिइएको उनले दाबी गरिन् ।

‘हाम्रो नयाँ प्रोजेक्ट आइकन (अंग्रेजी माध्यम) यो शुल्कको व्यवस्था गरेका हौँ,’ उनले भनिन्, ‘सामुदायिक विद्यालयमा पनि अंग्रेजी माध्यम अध्यापन हुने भएको र स्रोत व्यवस्थापनको लागि अभिभावकले सहयोग गरेको रकमबाट शुल्क लिने गरिएको छ ।’

विद्यालयले सहयोग भनेर पैसा लिएपनि प्रत्येक विद्यार्थीको शुल्क अनिवार्य तिर्नुपर्ने गरेको अभिभावकहरू बताउँछन् । अभिभावकलाई जबरजस्त रूपमा शुल्क तिर्न लगाउने र शुल्क नतिरे भर्ना नै नगर्ने गरेको बताइन्छ ।

सहयोग शुल्क त स्वेच्छिक हुन्छ नि भन्ने जिज्ञासामा ती महिला कर्मचारीले भनिन्, ‘होइन, अनिवार्य नै तिर्नुपर्छ ।’

इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले अहिले शिक्षा सुधारको अभियान चलाइरहँदा उपमहानगर नजिकै रहेको जनता माध्यमिक विद्यालयले भने यसरी अभिभावकसँग मनोमानी ढंगबाट शुल्क उठाइनुले विद्यालयमाथि नै गम्भीर प्रश्नचिह्न खडा भएको छ ।

विद्यालयका प्रधानाध्यापक पशुपति सिग्देलले शिक्षकलाई तलबका लागि उक्त सहयोग उठाइएको बताए । वार्षिक एक विद्यार्थी बराबर १९ हजार सात सय पचास रुपैयाँ सहयोग अनिवार्य उठाउँदा शिक्षकलाई तलब दिन पुग्ने खर्चको हिसाब निकालिएको उनको जिकिर छ ।

‘हामीले खर्च हिसाब गरेर यति भए पुग्छ भन्ने भएपछि उठाएका हौँ,’ सिग्देलले भने, ‘निजी स्रोतबाट व्यवस्थापन गर्नुपर्ने भएपछि शैक्षिक सहयोग भनेर सहयोग उठाइएको हो ।’

उनले आन्तरिक स्रोतबाट ४३ जना शिक्षक रहेको दाबी गरे । सहयोग होइन, शुल्क नै रहेछ । शुल्कको नाममा पैसा उठाउन नपाइने भएकाले सहयोग रसिद छापिएको हो ?भन्ने प्रश्नमा उनले भने, ‘अँ त्यही भन्दा पनि भयो । अभिभावकले शुल्क नतिरे त विद्यालय बन्द गरे भइहाल्यो नि ? शिक्षकलाई तलब त खुवाउनुप¥यो ।’

उनले शिक्षकलाई तलब खुवाउनका निम्ति अभिभावकले ‘ठेक्का लिएको’ जस्तै आशय व्यक्त गरे । सहयोग स्वेच्छिक हुन्छ होइन र ? भन्ने जिज्ञासामा उनले थपे, ‘अभिभावकले चार हजार रुपैयाँ दिए भने कसरी विद्यालय सञ्चालन गर्नु ?’

बालकक्षादेखि १२ सम्म पढाइ हुने उक्त विद्यालयमा तीन हजार दुई सय एक जना विद्यार्थी अध्ययनरत छन् । शिक्षक र कर्मचारी गरी  एक सय २८ जना कार्यरत रहेको प्रधानाध्यापक सिग्देलले बताए ।

सहयोगका नाममा यसरी बर्सेनि जनता माध्यमिक विद्यालयले शुल्क असुलिरहँदा इटहरी उपमहानगरपालिका भने मूकदर्शक बनेको छ । अहिले उपमहानगरका मेयर हेमकर्ण पौडेलको नेतृत्वमा शिक्षा सुधार अभियान चलिरहँदा उपमहानगर मातहतमै सञ्चालन हुने यस विद्यालयको बेथितिबारे जानकार भएपनि उपमहानगरले कुनै ‘कानुनी एक्सन’ लिन सकेको छैन ।

यसको कारण पनि दलहरूबीचको हालीमुहाली नै रहेको जानकारहरू बताउँछन् । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष एमाले र शिक्षकतर्फ‘नेतागिरी’गर्नेहरू कांग्रेस निकट रहेका कारण र उनीहरूबीचको ‘मिलेमतो’ले सरोकारवाला निकायसमेत मौन देखिने जानकारहरूको दाबी छ ।

यता, इटहरी उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख द्रोणप्रसाद दाहालले नीतिगत हिसाबमा सामुदायिक विद्यालयले शुल्क लिन नपाइने बताए ।

‘सहयोग स्वरुप भनेर लिन सक्नेछ भन्ने छ । तर, अंग्रेजी माध्यमका लागि भनेर यसरी शुल्क लिन पाइदैँन,’ उनले भने, ‘नीतिगत हिसाबमा भन्ने हो भने शुल्क लिन पाउँदैन ।’

उनले सामुदायिक विद्यालयले अभिभावकबाट कुनै पनि शीर्षकमा शुल्क लिन नपाउने बताए ।

‘मलाई पनि धेरैको गुनासो आइरहेको छ । यो कुरा नगर शिक्षा समितिको बैठकमा छलफलमा राख्नेछु,’ शिक्षा शाखा प्रमुख दाहाल भन्छन्, ‘यो कुरा कानुनी रूपमा निर्णय गराउनुपर्नेहुन्छ । नीतिगत कुरा गर्दा सामुदायिक विद्यालयले शुल्क लिन पाउने व्यवस्था छैन ।’

इटहरी ८ निवासी, विद्यालयका अभिभावक देवराज अधिकारीले अग्रिम शुल्क पुरै भुक्तानी नगरे किताबसमेत उपलब्ध नगराउने गुनासो गरे ।

अधिकारीले भने, ‘एकमुस्ट अग्रिम भुक्तानी सुरुमै नदिए विद्यालयले किताब पनि दिदैँन । जनक शिक्षा सामाग्रीबाट छापिएर आएका किताब स्वतहः विद्यार्थीले पाउनुपर्ने भएपनि शुल्क नतिरेसम्मउपलब्ध हुँदैन ।’

उनले यसबारे विद्यालयमा जिज्ञासा राख्दा कानुनतः शुल्क भनेर उठाउन नपाइने भएकाले सहयोग उठाएको आफूलाई प्रतिक्रिया आएको बताए । उनले भने, ‘कानुनले शुल्क उठाउन पाउँदैन भनेर सहयोग उठाइएको भन्ने प्रतिक्रिया आयो । त्यसो हो भने कानुनले नदिएका कुरामा शुल्क उठाएर विद्यालयले संविधानलाई नै लत्याइरहेको छ ।’

नेपालको कानुनअनुसार सामुदायिक विद्यालयले पैसा लिन नपाउने व्यवस्था गरेपनि जनताले जबरजस्त पैसा असुल्दा समस्या भइरहेको उनले बताए ।

यसैगरी हरेक तीन महिनामा आर्थिक प्रतिवेदन सार्वजनिक गर्नुपर्ने भएपनि हालसम्म सार्वजनिक नभएकोसमेत उनले बताए । २०७५, ०७६ र ०७७ सालको आर्थिक प्रतिवेदन सार्वजनिक नगरेको र ०७८÷७९ सालको प्रतिवेदन सार्वजनिक गरेको उनले बताए ।

‘चिर्कटो काटेर शुल्क उठाइरहेको छ । छात्रवृत्तिमा कति विद्यार्थी सहभागी छन् भन्ने पनि कहीँ उल्लेख गरिएको पाइदैँन,’ विद्यालयमा चरम बेथिति रहेको बताउँदै उनले भने, ‘छात्रवृत्ति पाउनेले नै पाउनुपर्ने छ कि, नेताका छोराछोरी छन् भन्ने कुरा पनि हुन्छ । हामी बेखबर जस्तै छौँ ।’

जनता माविले बर्सेनि विभिन्न किसिमबाट सहयोगको नाममा लिइरहेको शुल्कबारे स्थानीय सरकार बेखबर बनेकाले नियमन गर्नुपर्ने उनको भनाइ छ ।

उनले अंग्रेजी ज्ञान नभइ भाषा रहेकोसमेत जिकिर गरे ।

यसअघि इटहरीका मेयर पौडेलले सामुदायिक विद्यालयले कुनै पनि शीर्षकमा शुल्क लिन नपाउने बताएका थिए ।

‘सामुदायिक विद्यालयले अंग्रेजी माध्यम र विभिन्न केके बहानामा शुल्क लिएको गुनासो आएको छ,’ मेयर पौडेलले यसअघि भनेका थिए, ‘यसै शैक्षिक सत्रदेखि निमर्मतापूर्वक कार्यान्वयन गर्नेतर्फ लाग्छौँ ।’

Tags: #इटहरीजनता माविटाकुरा विशेषविद्यालयशिक्षा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ
समाचार

विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका पाँच जना प्रतिवादी धरानबाट पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ ११, २०८३
0

इटहरी : जिल्ला अदालत सुनसरीबाट विभिन्न मुद्दामा दोषी ठहर भई कैद तथा जरिवाना भुक्तान नगरी फरार रहेका पाँच जनालाई प्रहरीले...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

तेह्रथुम र पाँचथरमा दुर्घटना हुँदा दुईको मृत्यु

by टाकुरा न्यूज । इटहरी
भदौ ११, २०८३
0

इटहरी : तेह्रथुम र पाँचथरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। तेह्रथुमको म्याङलुङ नगरपालिका–९ बगाले होटल अगाडि...

धनकुटामा एकै कक्षाका १३ विद्यार्थीमा कोरोना संक्रमण

धनकुटामा छोराको चिरपट प्रहारबाट बुबाको हत्या

भदौ ११, २०८३
विराटनगर महानगरपालिकाको पुँजीगत खर्चमा सुधार

भोटेकोशी बाढीपीडितलाई विराटनगर महानगरले २५ लाख ५१ हजार दिने

भदौ ११, २०८३
राधाकृष्ण रथयात्राको तयारी तीव्र, विराटनगरमा दुई सय स्वयंसेवक परिचालन गरिने

राधाकृष्ण रथयात्राको तयारी तीव्र, विराटनगरमा दुई सय स्वयंसेवक परिचालन गरिने

भदौ १०, २०८३
इटहरीका डीएसपी सुवास हमाल उत्कृष्ट प्रहरी घोषित

इटहरीका डीएसपी सुवास हमाल उत्कृष्ट प्रहरी घोषित

भदौ १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका पाँच जना प्रतिवादी धरानबाट पक्राउ

भदौ ११, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

तेह्रथुम र पाँचथरमा दुर्घटना हुँदा दुईको मृत्यु

भदौ ११, २०८३
धनकुटामा एकै कक्षाका १३ विद्यार्थीमा कोरोना संक्रमण

धनकुटामा छोराको चिरपट प्रहारबाट बुबाको हत्या

भदौ ११, २०८३
विराटनगर महानगरपालिकाको पुँजीगत खर्चमा सुधार

भोटेकोशी बाढीपीडितलाई विराटनगर महानगरले २५ लाख ५१ हजार दिने

भदौ ११, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    306 shares
    Share 122 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    280 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    277 shares
    Share 111 Tweet 69

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
नाम
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
नाम
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.