विराटनगर : झापा र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानहरूबाट लागूऔषध गाँजा र नियन्त्रित औषधीसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको मेचीनगर नगरपालिका १० स्थितमा लागूऔषध बेचबिखन भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले मकवानपुरको कैलाश गाउँपालिका ४ का २७ वर्षीय पासाङ जिम्बा र मेचीनगर १० का ५६ वर्षीय शम्भु राजवंशीलाई ६ किलोग्राम ६ सय २० ग्राम गाँजासहित नियन्त्रणमा लिएको हो ।
त्यस्तै, मोरङको उर्लाबारी नगरपालिका २ स्थितबाट इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले स्थानीय ४५ वर्षीय विमला भुषाल र १७ वर्षीय कमल भुषाललाई नियन्त्रित औषधी ट्रामाडोल र स्पास्मिड ५ सय ८० क्यापसुलसहित नियन्त्रणमा लिएको हो ।
लागूऔषधसहित पक्राउ परेका उनीहरूको सम्बन्धित प्रहरी कार्यालयहरूबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post