इटहरी : प्रहरीले सुनसरी र इलामको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित तीनजनालाई पक्राउ गरेको छ ।
सुनसरीको इटहरी उपमहानगरपालिका ५ पीपल चौकबाट स्पाष्पेन, ट्रामाडोल, डेकोलिक गरी जम्मा एक सय चक्की औषधी र नगद तीन हजार चार सय ५५ रुपैयाँसहित स्थानीय २१ वर्षीय सुमन लिम्बूलाई अस्थायी प्रहरी चौकी जनताबस्ती इटहरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।
यसैगरी इलामको माई नगरपालिका १ स्थितमा लागूऔषधको कारोबार भइरहेको छ भन्ने सूचनाको आधारमा प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरी टोलीले स्थानीय २५ वर्षीय रोमन श्रेष्ठ र २२ वर्षीय विकल कार्कीको साथबाट ३९० ग्राम ब्राउनसुगर फेला पारी पक्राउ गरेको हो ।
लागूऔषधसहित पक्राउ परेका तीनैजनाको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरूबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post