Monday, July 27, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home भिजिट नेपाल

झापा : धार्मिक पर्यटकीयस्थल बन्दै अर्जुनधारा जलेश्वरधाम

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख ११, २०८१
in भिजिट नेपाल, समाचार
0
झापा : धार्मिक पर्यटकीयस्थल बन्दै अर्जुनधारा जलेश्वरधाम
101
SHARES
Share on FacebookShare on Twitter

झापा : पूर्वको प्रसिद्ध धार्मिकस्थलको रुपमा परिचित अर्जुनधारा नगरपालिका-७ झापास्थित श्री अर्जुनधारा जलेश्वरधाम धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको छ ।

सरकारले उत्कृष्ट सय वटा पर्यटकीय गन्तव्यको सूचीमा अर्जुनधारा जलेश्वरधामलाई समावेश गरेपछि यसको धार्मिक तथा पर्यटकीय महत्व झनै चुलिएको छ ।

जलेश्वरधामका मूल गुरु अग्निप्रसाद सिग्देलका अनुसार यस धाममा दैनिक दुईदेखि तीन हजार भक्तजन आउने गरेका छन् । महाभारतकालीन इतिहास बोकेको जलेश्वरधामको आधुनिक संरचना वि.सं.२०२३ बाट बनाउन सुरु गरिएको हो ।

पाँच बिघा क्षेत्रफलमा फैलिएको यहाँ बृहतत्तर विकास भइरहेको छ ।

जलेश्वरधाम क्षेत्रभित्र एक सय आठ शिवलिङ्ग तथा पार्वती मन्दिर, शनि मन्दिर, यज्ञशाला, मोक्षेश्वर शिव लिङ्ग, अर्जुनवाण मूल पोखरी, पाँचधारा, धान्यचल, कालीनाग मन्दिर, हनुमान स्तम्भ, सन्त निवास भवन, श्री हनुमान लक्ष्मीनारायण तथा नटराज गणपति मन्दिर र गौशला छन् ।

महाभारतकालमा पाण्डवलाई १२ वर्ष वनवासका साथ एक वर्ष अज्ञातवास भएको समयमा राजा विराटका हजारौँ गाईलाई कौरवले हरण गरेर भारतको गुवाहटी पुर्याएको र त्यो बेलामा अर्जुनले आफ्नो वाणको सहायताले अर्जुनधारा धाममा पानी निकालेर गाईलाई खुवाएको किंवदन्ती छ ।

वि.सं.२०३९ देखि प्रत्येक वर्ष वार्षिक अनुष्ठान गर्दै आएको अर्जुनधारा जलेश्वर धामले हालसम्म ४२ औँ वार्षिक अनुष्ठान सम्पन्न गरिसकेको मूल गुरु अग्नि प्रसाद सिग्देलले जानकारी दिनुभयो । धामभित्रै अर्जुनधारा संस्कृत विद्यापीठसमेत सञ्चालनमा छ ।

विद्यापीठमा ८० जनाले अध्ययन गरिरहेका छन् । कक्षा छ सम्मको पढाई हुने विद्यापीठमा आवासीय सुविधासहित निः शुल्क पठनपाठन गराइने श्री अर्जुनधारा जलेश्वर धाम व्यवस्थापनले जनाएको छ ।

त्यस्तै धामभित्रै रहेको गौशालामा २० वटा गाई पालन गरिएको छ । मूल गुरु सिग्देलले भन्नुभयो, “हाम्रो धाममा आउने ६० जनासम्म भक्तजनहरुलाई खान बस्नसहितको सुविधासमेत रहेको छ ।”

जलेश्वरधामको अधिकांश खर्च दान दातव्यबाट प्राप्त भएको रकमबाटै चल्ने गरेको छ । केही रकम संघीय सरकार स्थानीय सरकारले सहयोग गरेको उहाँले बताउनुभयो ।

जलेश्वर धाममा नेपालभित्रका मात्र नभई भारतबाट समेत भक्तजन आउने गरेका छन् । अर्जुनधारा जलेश्वरधामको उचित प्रचार हुन नसकेको स्थानीयको गुनासो छ ।

Tags: #झापा#भिजिट नेपाल#राससअर्जुनधारापर्यटक
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन
FEATURE BREAKING

सुनसरीका दुई पालिकामा निषेधाज्ञा, साँझ ७ बजेसम्म पाँच जनाभन्दा बढी भेला हुन रोक

by टाकुरा न्यूज । इटहरी
साउन ११, २०८३
0

इटहरी : सुनसरी जिल्ला प्रशासन कार्यालयले हरिनगर र देवानगञ्ज गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी बासुदेव...

सुनसरीमा सशस्त्र प्रहरीको गोली लागेर एक युवाको मृत्यु, सर्वसाधारण र सुरक्षाकर्मीसहित १८ जना घाइते
FEATURE BREAKING

सुनसरीमा सशस्त्र प्रहरीको गोली लागेर एक युवाको मृत्यु, सर्वसाधारण र सुरक्षाकर्मीसहित १८ जना घाइते

by टाकुरा न्यूज । इटहरी
साउन ११, २०८३
0

इटहरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु...

ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

गोली प्रहारपछि समातिए झुम्का कारागारबाट फरार कैदी

साउन १०, २०८३
Auto Draft

इलामको उच्च पहाडी वनमा हिमाली कालो भालुको अभिलेख

साउन १०, २०८३
सालिक किन रंगहीन? मूर्तिकार विक्रमश्री भन्छन्– प्राकृतिक स्वरूपले नै दिन्छ कालजयी पहिचान

सालिक किन रंगहीन? मूर्तिकार विक्रमश्री भन्छन्– प्राकृतिक स्वरूपले नै दिन्छ कालजयी पहिचान

साउन १०, २०८३
सुनसरीमा भन्सार छलीका सामान छाडेर तस्कर फरार, ८ लाखको कपडा र तीन मोटरसाइकल बरामद

सुनसरीमा भन्सार छलीका सामान छाडेर तस्कर फरार, ८ लाखको कपडा र तीन मोटरसाइकल बरामद

साउन ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

सुनसरीका दुई पालिकामा निषेधाज्ञा, साँझ ७ बजेसम्म पाँच जनाभन्दा बढी भेला हुन रोक

साउन ११, २०८३
सुनसरीमा सशस्त्र प्रहरीको गोली लागेर एक युवाको मृत्यु, सर्वसाधारण र सुरक्षाकर्मीसहित १८ जना घाइते

सुनसरीमा सशस्त्र प्रहरीको गोली लागेर एक युवाको मृत्यु, सर्वसाधारण र सुरक्षाकर्मीसहित १८ जना घाइते

साउन ११, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

गोली प्रहारपछि समातिए झुम्का कारागारबाट फरार कैदी

साउन १०, २०८३
Auto Draft

इलामको उच्च पहाडी वनमा हिमाली कालो भालुको अभिलेख

साउन १०, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    773 shares
    Share 309 Tweet 193
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    630 shares
    Share 252 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.