धरान : धरानको विभिन्न स्थानबाट लागूऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका ८ तीनकुनेबाट लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धरान ७ का ३४ वर्षीय प्रेम बिक र मोरङको कानेपोखरी गाँउपालिकाका २३ वर्षीय उशन विश्वकर्मा रहेका छन् ।
प्रेमलाई एभिल १९, फेनारगन १९, डाईजेपाम १९, लुपिजेसिक १९ गरि जम्मा ७६ एम्पुल सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यसैगरी धरान १३ आँपगाछीमा अस्थाई प्रहरी पोष्ट अमरहाटबाट खटिएको प्रहरी टोलीले बसमा सवार रहेका उशनलाई ४ केजी गाँजासहित पक्राउ गरेको प्रहरीको भनाइ छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post