Monday, June 29, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

सार्वजनिकस्थलका खुला व्यायामशालाप्रति आकर्षण

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख १४, २०८१
in समाचार
0
68
SHARES
Share on FacebookShare on Twitter

झापा : स्वस्थ जीवन प्रवद्र्धनका लागि सार्वजनिकस्थलमा स्थापना भएका खुला व्यायामशालाप्रति झापामा सर्वसाधारणको आकर्षण देखिएको छ ।

थोरै लागतमा निर्माण हुने खुला व्यायामशालाको स्थापना गर्न स्थानीय पालिकाले बजेट लगानी गरेका छन् भने शारीरिक अभ्यासका लागि बालबालिकादेखि वृद्धवृद्धासम्म झुम्मिने गरेका छन् ।

मेची उद्योग वाणिज्य सङ्घका महासचिव दिनेश शाक्य हरेक बिहान ‘मर्निङ वाक’ का लागि मेचीनगर-१० स्थित निन्दा करिडर जानुहुन्छ ।

करिडरमा स्थानीय वडाले हालै निर्माण गरिदिएको आधुनिक व्यायामशाला छ, जहाँ उहाँ दैनिक एक घण्टा बिताउनुहुन्छ ।

“सबैले घरमा व्यायामका महँगा आधुनिक उपकरण किनेर राख्न सम्भव छैन”, शाक्यले भन्नुभयो, “सरकारले नै पायक पर्ने स्थानमा यस्ता खुला व्यायामशाला खोलिदिने हो भने आमनागरिक लाभान्वित हुन्छन् ।”

पहिले राजमार्गमा ‘मर्निङ वाक’ हिँड्ने गरेकोमा खुला व्यायामशाला निर्माण भएपछि निन्दा करिडर नै धाउने गरेको उहाँले जानकारी दिनुभयो ।

मेचीनगर-१० को वडा कार्यालयले चालु आर्थिक वर्षको बजेटबाट तीन लाख ४५ हजार ७४० दिएपछि रमणीय स्थान चयन गरेर खुला व्यायामशाला निर्माण गरिएको निन्दा करिडर प्रवर्धन समितिका अध्यक्ष धर्मेन्द्र खड्काले बताउनुभयो ।

“पाँच दशकअघि निन्दा नदीको किनारमा निर्मित तटबन्ध क्षेत्रलाई सरसफाइ, वृक्षरोपण र सौन्दर्यकरण गरेर निन्दा करिडरको रुपमा विकास गरेका छौँ”, अध्यक्ष खड्काले भन्नुभयो, “मर्निङवाकका लागि मानिस आउन थालेपछि हामीले यहाँ खुला व्यायामशाला निर्माण गर्ने सोच बनायौँ । हाम्रो प्रस्ताव राम्रो लागेपछि वडा कार्यालयले बजेट दियो ।”

निन्दा करिडरमा बिहान ५ बजेदेखि ९ बजेसम्म मर्निङवाकमा आउने दैनिक एक सयभन्दा बढी सर्वसाधारणले खुला व्यायामशालाको फाइदा लिइरहेको उहाँले बताउनुभयो ।

निः शुल्क सेवा भएकाले विपन्न एवम् श्रमिक वर्गका मानिससमेत शारीरिक अभ्यासका लागि खुला व्यायामशालामा आउने गरेका छन् ।

कनकाई नगरपालिकाले वडा नम्बर ३ स्थित सुरुङ्गा बजारमा तीन वर्षअघि नै खुला व्यायामशाला निर्माण गरेको थियो । राजमार्गको बसस्टेन्ड छेउमा निर्मित उद्यानमै व्यायामशाला गरिएको हो ।

‘स्वस्थ जीवन प्रवर्धन’ कार्यक्रमअन्तर्गत कनकाई नगरपालिकाले प्रदेश सरकारको १२ लाखमा आन्तरिक स्रोतबाट ४५ लाख थपेर ५७ लाखको लागतमा खुला व्यायामशाला र बाल उद्यान निर्माण गरेको हो । उक्त व्यायामशालामा १२ वटा आधुनिक उपकरण राखिएको छ । व्यायामशालाको उपयोग गर्नेले कुनै शुल्क तिर्नुपर्दैन ।

“नगरवासीलाई स्वस्थ रहन प्रोत्साहित गर्न आफ्नै लगानीमा निः शुल्क व्यायामशाला सञ्चालनमा ल्याएका हौँ”, कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेलले भन्नुभयो, “निजी उपकरण राख्न धेरै खर्च लाग्छ । व्यावसायिक जिम हाउसमा जाँदा पनि शुल्क तिर्नुपर्छ । नगरवासीको आरोग्यताका लागि सुविधा उपलब्ध गराउनुलाई जिम्मेवारी ठानेर खुला व्यायामशाला निर्माण गरिएको हो ।”

व्यायामशाला निर्माणका लागि कनकाई सामुदायिक वनले चार कट्ठा जग्गा उपलब्ध गराएको छ ।

सो जग्गामा व्यायामशालासँगै बाल उद्यान र सुरुङ्गाको कलात्मक प्रतिक पनि राखिएको छ । मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपाल बुढाथोकीले रोग लागेर उपचारका लागि महँगो खर्च गर्नुभन्दा रोग लाग्नै नदिने उपायको खोजीतर्फ लाग्नुपर्ने भएकाले नियमित व्यायामका लागि स्थानीय सरकार लगानी बढाउन तयार रहेको बताउनुभयो ।

झापामा स्थानीय तहले व्यायामशालामा लगानी बढाउन थालेका छन् । मेचीनगर, कनकाई, भद्रपुर र हल्दिबारीले आफ्नै लगानीमा निःशुल्क व्यायामशाला सञ्चालनमा ल्याइसकेका छन् ।

खानपान र जीवनशैलीमा आएको परिवर्तनले मानिसमा विभिन्न प्रकारका रोगले च्याप्ने गरेको छ । रोग लागिसकेपछि उपचारका लागि कैयनले घरखेत बेच्नुपरेको पनि छ । यस्तो अवस्थामा सरकारी लगानीमा निःशुल्क व्यायामशाला खुल्नु प्रशंसायोग्य कार्य भएको छ ।

बुद्धशान्ति-३ मा आदर्श सामुदायिक वन उपभोक्ता समितिले र हल्दिबारी–५ को शान्ति आधारभूत विद्यालयमा हल्दिबारी गाउँपालिकाले खुला व्यायामशाला निर्माण गरेका छन् । ती व्यायामशालालाई मर्निङवाकमा हिँड्नेले नियमित गन्तव्य बनाउने गरेका छन् ।

घुमघामका लागि आउने आन्तरिक पर्यटक पनि मनोञ्जनसँगै स्वास्थ्यका लागि व्यायामशालामा आकर्षित हुने गरेका छन् । हल्दिबारी गाउँपालिकाले ‘गाउँवासीको स्वस्थ जीवन प्रवर्धन अभियान’ अन्तर्गत खुला व्यायामशाला सञ्चालनमा ल्याएको जनाएको छ । खुला व्यायामशालाको प्रयोगमा महिलाको ठूलो सङ्ख्या आकर्षित भएको पाइएको छ ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत गाउँपालिकाले आन्तरिक स्रोतबाट १५ लाख, र जनसहभागिताबाट तीन लाख ६५ हजार गरी १८ लाख २८ हजार तीन सय ६८ को लागतमा खुला व्यायामशाला निर्माण गरेको गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले बताउनुभयो ।  

Tags: #झापा#राससआकर्षणव्यायामशाला
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

खोटाङ : निर्माणाधीन अस्पताल भवन अलपत्र
विविध

खोटाङ : निर्माणाधीन अस्पताल भवन अलपत्र

by रासस
असार १५, २०८३
0

खोटाङ : ठेकेदार कम्पनीको लापरबाहीका कारण जन्तेढुङ्गा गाउँपालिका, ५ चिसापानी बजारमा निर्माणाधीन १५ शय्याको आधारभूत अस्पताल भवन अलपत्र परेको छ।...

हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी
FEATURE BREAKING

रोपाइँको बेला हात्तीको त्रास, बाहुनडाँगीमा किसान खेत छाडेर दिनभर बथान धपाउँदै

by रासस
असार १५, २०८३
0

झापा : असारको मध्य किसानका लागि वर्षभरि खाने अन्नबाली भित्र्याउन खेतमा पसिना बगाउने मुख्य समय हो । तर, झापाको मेचीनगर–४...

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

विराटनगरमा करिब २९० ग्राम खैरोहेरोइनसहित पक्राउ, किन्न आएका युवक पनि समातिए

असार १४, २०८३
विराटनगरमा जलवायु सिकाइ गोष्ठी, अभियानको नेतृत्वमा युवा र बालबालिका

विराटनगरमा जलवायु सिकाइ गोष्ठी, अभियानको नेतृत्वमा युवा र बालबालिका

असार १४, २०८३
काव्य डबलीको तेस्रो शृङ्खला : ‘किप साइलेन्स’पछि मन्त्रमुग्ध बन्यो सभाहल

काव्य डबलीको तेस्रो शृङ्खला : ‘किप साइलेन्स’पछि मन्त्रमुग्ध बन्यो सभाहल

असार १४, २०८३
इलाममा पहिरोले सडक अवरुद्ध, पाँचथर–ताप्लेजुङको यातायात प्रभावित

इलाममा पहिरोले सडक अवरुद्ध, पाँचथर–ताप्लेजुङको यातायात प्रभावित

असार १४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

खोटाङ : निर्माणाधीन अस्पताल भवन अलपत्र

खोटाङ : निर्माणाधीन अस्पताल भवन अलपत्र

असार १५, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

रोपाइँको बेला हात्तीको त्रास, बाहुनडाँगीमा किसान खेत छाडेर दिनभर बथान धपाउँदै

असार १५, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

विराटनगरमा करिब २९० ग्राम खैरोहेरोइनसहित पक्राउ, किन्न आएका युवक पनि समातिए

असार १४, २०८३
विराटनगरमा जलवायु सिकाइ गोष्ठी, अभियानको नेतृत्वमा युवा र बालबालिका

विराटनगरमा जलवायु सिकाइ गोष्ठी, अभियानको नेतृत्वमा युवा र बालबालिका

असार १४, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    728 shares
    Share 291 Tweet 182
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    397 shares
    Share 159 Tweet 99
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    382 shares
    Share 153 Tweet 96
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    353 shares
    Share 141 Tweet 88

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.