Friday, August 14, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

जन्तेढुङ्गामा बुवाँखोलाको पानी लिफ्टिङ गरेर बस्तीमा निकालिने

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख २०, २०८१
in समाचार
0
जन्तेढुङ्गामा बुवाँखोलाको पानी लिफ्टिङ गरेर बस्तीमा निकालिने
77
SHARES
Share on FacebookShare on Twitter

खोटाङ : जन्तेढुङ्गा गाउँपालिकामा बुवाँखोलाको पानी लिफ्टिङ गरेर बस्तीमा निकाल्ने आयोजनाको काम अघि बढाइएको छ ।

सङ्घीय खानेपानी मन्त्रालयले आर्थिक वर्ष २०७९–८० मै बुवाँखोला लिफ्टिङ खानेपानी आयोजनालाई रातो किताबमा समेटेको थियो । तर, आयोजना सुनिश्चित भएको दुई वर्षपछिमात्रै लिफ्टिङ खानेपानी आयोजनाको सर्वेक्षण तथा विस्तृत परियोजना प्रतिवेदन (डीपिआर) को काम अघि बढाइएको हो ।

६ वडा रहेको उक्त गाउँपालिकाको वडा नं २ बाहेक अन्य सबै वडा (१, ३, ४, ५ र ६) का नागरिकलाई पिउनेपानी उपलब्ध गराउन खानेपानी विभागसँगको सहकार्यमा प्रिक्सा कन्सल्टेन्सीले लिफ्टिङ आयोजनाको सर्वेक्षण पूरा गरेको छ । आयोजनाको डिपिआर तयार पार्न अझै कम्तीमा दुई हप्ता समय लाग्ने जनाइएको छ ।

मन्त्रालयबाट थोरै बजेट विनियोजन हुँदा दुई वर्षसम्म आयोजनाको सर्वेक्षणको काम नभएपछि पुनः गत फागुनमा सचिव सुरेश आचार्यलाई भेटेर आयोजनाको काम अघि बढाउन आग्रह गरिएको नेपाली कांग्रेस जन्तेढुङ्गा पार्टी सभापति बाजिन्द्र विष्टले जानकारी दिएका छन् । बुवाँखोलाको चण्डीथानमाथि झोलुङ्गे पुलछेउबाट पहिलो मोटर राखेर एक हजार नौ सय ५८ मिटर उचाइमा रहेको भञ्ज्याङखर्कमा पानी निकाली गाउँपालिकाभित्रका बस्तीमा पानी वितरण गर्ने योजना छ ।

बुँवाखोला लिफ्टिङ खानेपानी आयोजनाबाट वडा नं १, ३, ४, ५ र ६ मध्ये चार वडाका पूर्ण र वडा नं १ को पैयाँटार, देवीस्थान, रिला, बुकुलाका स्थानीय लाभान्वित हुने सभापति विष्टले जानकारी दिएका छन् । करिब रु ५० करोडको लागत आउने अनुमान गरिएको बुँवाखोला लिफ्टिङ खानेपानी आयोजनाबाट उक्त गाउँपालिकाका एक हजार घरधुरी लाभान्वित हुने जनाइएको छ ।

लिफ्टिङ खानेपानी आयोजना सञ्चालनका लागि बाम्राङका मिलन राईको पाँच रोपनी जग्गामा दोस्रो मोटर राखिने जनाइएको छ । बाम्राङमा राखेर सो स्थानमा पानी प्रशोधन गरेपछि त्यसको आसपासका बस्तीमा पानी वितरण गर्ने योजना बनाइएको सभापति विष्टले बताएका छन् ।

तेस्रो मोटर थर्पुडाँडा र चौथो मोटर चुन्थेडाँडामा राख्नेगरी सर्वेक्षणको काम गरिएको जनाइएको छ । उक्त स्थानबाट अन्य वडामा पानी लैजानेगरी ठूलो ट्याङ्की निर्माण गरिने र चौथो मोटरबाट भञ्ज्याङखर्कको सबैभन्दा अग्लो डाँडामा पानी निकालेर पानी वितरण गरिने छ ।

क्रमागत योजनाअन्तर्गत सञ्चालन गर्न लागिएको लिफ्टिङ खानेपानी आयोजनाका लागि मन्त्रालयले आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा रु पाँच लाख बजेट विनियोजन गरेको थियो । तर कुनै पनि काम नभएपछि महिना दिनअघि हलेसी तुवाचुङ नगरपालिकाका पूर्वनगरप्रमुख इवन राई, सभापति विष्टलगायत मन्त्रालय पुगेर डिपिआर तयार पारेर काम अघि बढाउने निश्चित गराएका हुन् ।

यही वैशाख १३ गते सर्वेक्षणको काम सम्पन्न गरिएको आयोजनाका लागि प्राविधिक टोलीसँग सभापति विष्ट, वडाध्यक्षद्वय विदुरमान राई र धनबहादुर राई, नेतृ अनिता राईलगायत सहभागी भएका थिए । आयोजना सञ्चालनका लागि स्थानीय सरकारको तर्फबाट गाउँपालिकाले अवश्यक सहयोग गर्ने गाउँपालिका उपप्रमुख खेमबहादुर खड्काले बताएका  छन् ।

Tags: #खोटाङ#राससखानेपानी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

‘इटहरीको सेरोफेरो’ पुस्तक तथ्यहीन र भ्रामक भएको दाबी, जानकार भन्छन्- इतिहास तोडमोड गरियो
FEATURE BREAKING

‘इटहरीको सेरोफेरो’ पुस्तक तथ्यहीन र भ्रामक भएको दाबी, जानकार भन्छन्- इतिहास तोडमोड गरियो

by टाकुरा न्यूज । इटहरी
साउन २८, २०८३
0

इटहरी : इटहरीको स्थानीय विषयवस्तु समेटिएको ‘इटहरीको सेरोफेरो’ नामक पुस्तकमा तथ्यहीन, असत्य र भ्रामक सामग्री राखिएको भन्दै पाँच जना स्थानीयले...

झापा : चार महिनामा जेईबाट पाँच जनाको मृत्यु, नौ जनामा संक्रमण पुष्टि
समाचार

झापा : चार महिनामा जेईबाट पाँच जनाको मृत्यु, नौ जनामा संक्रमण पुष्टि

by रासस
साउन २८, २०८३
0

झापा : जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट झापामा पछिल्लो चार महिनामा ५ जनाको मृत्यु भएको छ । जिल्लामा हालसम्म ९ जनामा...

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

साउन २८, २०८३
सुकुना प्रकरण : चार जना आरोपितमाथि पाँच दिन म्याद थप, अनुसन्धान तीव्र

सुकुना मावि प्रकरण : यौनजन्य दुर्व्यवहार आरोपमा पक्राउ परेका चार शिक्षक–कर्मचारी धरौटीमा रिहा

साउन २८, २०८३
भोजपुर : ऐतिहासिक ‘फलाम ढुङ्गा’को पर्यटन विकास योजना अलपत्र

भोजपुर : ऐतिहासिक ‘फलाम ढुङ्गा’को पर्यटन विकास योजना अलपत्र

साउन २८, २०८३
कोशी प्रदेशमा बीमा पहुँच विस्तार गर्न कार्यदल गठनको तयारी

कोशीमा कांग्रेस सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री कार्कीले भने- ‘सहकार्य महत्वपूर्ण रह्यो’

साउन २८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

‘इटहरीको सेरोफेरो’ पुस्तक तथ्यहीन र भ्रामक भएको दाबी, जानकार भन्छन्- इतिहास तोडमोड गरियो

‘इटहरीको सेरोफेरो’ पुस्तक तथ्यहीन र भ्रामक भएको दाबी, जानकार भन्छन्- इतिहास तोडमोड गरियो

साउन २८, २०८३
झापा : चार महिनामा जेईबाट पाँच जनाको मृत्यु, नौ जनामा संक्रमण पुष्टि

झापा : चार महिनामा जेईबाट पाँच जनाको मृत्यु, नौ जनामा संक्रमण पुष्टि

साउन २८, २०८३
करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

साउन २८, २०८३
सुकुना प्रकरण : चार जना आरोपितमाथि पाँच दिन म्याद थप, अनुसन्धान तीव्र

सुकुना मावि प्रकरण : यौनजन्य दुर्व्यवहार आरोपमा पक्राउ परेका चार शिक्षक–कर्मचारी धरौटीमा रिहा

साउन २८, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1114 shares
    Share 446 Tweet 279
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    636 shares
    Share 254 Tweet 159
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    445 shares
    Share 178 Tweet 111
  • इटहरीमा मध्यराति विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

    373 shares
    Share 149 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.