Friday, November 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home पर्यावरण

झापामा गाउँ पसे हात्तीको बथान, धान भित्र्याउन किसानलाई हतारो

रासस by रासस
कार्तिक २७, २०८३
in पर्यावरण, समाचार
0
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी
49
SHARES
Share on FacebookShare on Twitter

भद्रपुर (झापा) : भारतबाट तीन दिनअघि नेपाल प्रवेश गरेको हात्तीको बथान बाहुनडाँगी हुँदै बुद्धशान्ति क्षेत्रसम्म आइपुगेपछि स्थानीयमा बालीनालीसँगै मानवीय सुरक्षाको चिन्ता बढेको छ ।

धान काटेर थन्क्याउने तयारीमा रहेका किसानलाई हात्तीले जुनसुकै बेला बाली नष्ट गरिदिने हो कि भन्ने चिन्ता छ ।

मेचीनगर–४ की स्थानीय तुलसीमाया श्रेष्ठका अनुसार यस क्षेत्रमा दैनिकजसो जङ्गली हात्ती आउने गरेका छन् । प्रायः रातको समयमा आउने हात्तीका कारण किसानलाई बालीनालीको सुरक्षामा समस्या हुने गरेको उनले बताइन् ।

.“आज पनि खेताला खोजेर धान काट्ने र बिटा बाँधेर थन्क्याउने तयारीमा छौँ । भित्रयाउने बेला भएको धान हात्तीले कुन बेला आएर नष्ट गरिदिने हो भन्ने पिर छ,” श्रेष्ठले भनिन्, “हात्ती दैनिकजसो आउने भएकाले रातको समयमा पनि ढुक्कसँग बस्न सक्ने अवस्था छैन ।”

आज बिहान बुद्धशान्ति गाउँपालिका–२ स्थित बिहानी टोलमा हात्तीको आक्रमणबाट मोटरसाइकल चालक घाइते भएका छन् । बिहान ५ः१० बजको समयमा तीन तले सामुदायिक वनबाट निस्किएको हात्तीले आक्रमण गरेको थियो । आक्रमणबाट स्थानीय ५६ वर्षीय डिल्लीबहादुर पौडेल घाइते भएका छन् । उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको छ ।

हात्तीको सम्भावित आक्रमण र क्षति न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय झापाले पनि सक्रियता बढाएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलसहित जिल्लास्थित चारवटै सुरक्षा निकायका प्रमुख तथा डिभिजन वन कार्यालयका कर्मचारीले आज हात्तीको मुख्य प्रवेशद्वार मानिने मेचीनगर नगरपालिका–४ स्थित प्रसाद गौडाको स्थलगत अनुगमन गरेका छन् ।

उनीहरूले स्थानीयवासीसँग छलफल गरी हात्तीको आवागमन र सम्भावित क्षति रोकथामका उपायबारे जानकारी लिएका छन् ।

सो क्रममा, प्रमुख जिल्ला अधिकारी पोखरेलले हात्तीको आवागमनलाई व्यवस्थित गर्दै मानव–हात्ती सहअस्तित्व कायम गर्नुपर्ने बताए ।

“हात्ती नियन्त्रणका विषयमा सरोकारवाला पक्षसँग पटक–पटक छलफल गर्दै आएका छौँ । अहिले स्थलगत अवस्थाको जानकारी लिन फिल्डमै आएका हौँ,” पोखरेलले भने, “मानव–हात्ती सहअस्तित्वका लागि उपयुक्त वातावरण बनाउनुपर्छ । हात्तीको आवागमनलाई व्यवस्थित गर्ने, बालीनाली र मानवीय क्षति न्यूनीकरण गर्ने तथा स्थानीयको व्यवहार परिवर्तन गर्ने विषयमा सबै पक्ष गम्भीर हुन आवश्यक छ ।”

उनले प्रशासन, सुरक्षा निकाय, डिभिजन वन कार्यालय, सामुदायिक वन, स्थानीय जनप्रतिनिधि र स्थानीयवासीबीच एकरूपता र समन्वय कायम गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

हात्तीको बथानको आवागमन र जोखिमलाई ध्यानमा राख्दै स्थानीय तहले सुरक्षाका उपाय अपनाउन थालेका छन् । मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले हात्ती प्रायः रातको समयमा हिँड्ने भएकाले स्थानीयको सुरक्षाका लागि वडा कार्यालयले सुरक्षा निकायलाई टर्चलाइट र साइरन उपलब्ध गराएको बताए ।

हात्तीबाट हुने बालीनालीको क्षति न्यूनीकरण गर्न किसानले खेती प्रणालीमा समेत परिवर्तन गर्न थालेको उनको भनाइ छ ।

धान र मकैजस्ता हात्तीले क्षति पु¥याउन सक्ने बालीसँगै तोरी, सुपारीलगायत तुलनात्मक रूपमा हात्तीले कम रुचाउने बालीतर्फ किसान आकर्षित हुन थालेको उनले उदृत गरे ।

हात्तीको प्राकृतिक करिडोर खुम्चिँदै जानु र वन क्षेत्र प्रभावित हुँदै जानुले मानव–हात्ती द्वन्द्वको समस्या बढाएको हो । मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि स्थानीयको आनीबानी र व्यवहारमा समेत परिवर्तन आवश्यक रहेको छ ।

Tags: पर्यावरण
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

पाँचथरमा निर्माण गरिएको आलु स्तम्भ
विविध

पाँचथरमा निर्माण गरिएको आलु स्तम्भ

by टाकुरा न्यूज । इटहरी
कार्तिक २७, २०८३
0

पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ गुम्बाडाँडामा मेची राजमार्गको छेउ निर्माण गरिएको आलु स्तम्भ । आलुको अत्यधिक उत्पादन हुने यस क्षेत्रमा आलु उत्पादनको...

मोरङमा महिलाको रहस्यमय मृत्यु, घरमा श्रीमान् रगत बान्ता गर्दै भेटिए
FEATURE BREAKING

मोरङमा महिलाको रहस्यमय मृत्यु, घरमा श्रीमान् रगत बान्ता गर्दै भेटिए

by टाकुरा न्यूज । इटहरी
कार्तिक २७, २०८३
0

मोरङ : मोरङको केराबारी गाउँपालिका–२ फाइवा क्षेत्रमा बिहीबार साँझ एक महिलाको शव शंकास्पद अवस्थामा फेला परेको छ। घरबाट करिब एक किलोमिटर...

मोरङमा एक पुरुष मृत भेटिए

रुखबाट लडेर एक पुरुषको मृत्यु

कार्तिक २७, २०८३
विराटनगरमा संस्थागत विद्यालयको शुल्क नबढाउने महानगरको निर्णय

विराटनगरमा कित्ताकाट खुल्यो, एक महिनाभित्र भू–सेवा पनि

कार्तिक २७, २०८३
आगलागीमा परी दुई बालबालिकाको मृत्यु

खोटाङमा आगलागीमा परी ७० वर्षीय वृद्धको मृत्यु

कार्तिक २७, २०८३
झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

झापामा सिटी सफारीको ठक्करबाट एक वृद्धको मृत्यु

कार्तिक २६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापामा गाउँ पसे हात्तीको बथान, धान भित्र्याउन किसानलाई हतारो

कार्तिक २७, २०८३
पाँचथरमा निर्माण गरिएको आलु स्तम्भ

पाँचथरमा निर्माण गरिएको आलु स्तम्भ

कार्तिक २७, २०८३
मोरङमा महिलाको रहस्यमय मृत्यु, घरमा श्रीमान् रगत बान्ता गर्दै भेटिए

मोरङमा महिलाको रहस्यमय मृत्यु, घरमा श्रीमान् रगत बान्ता गर्दै भेटिए

कार्तिक २७, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

रुखबाट लडेर एक पुरुषको मृत्यु

कार्तिक २७, २०८३



लाेकप्रिय

  • यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    1087 shares
    Share 435 Tweet 272
  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    846 shares
    Share 338 Tweet 212
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    515 shares
    Share 206 Tweet 129
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    384 shares
    Share 154 Tweet 96
  • ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

    337 shares
    Share 135 Tweet 84

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन