इटहरी : विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भएर फरार रहेका २७ जना फरार प्रतिवादीहरूलाई प्रहरीले खोजतलासको क्रममा फेला पारी पक्राउ गरेको छ ।
अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न चाडपर्व लक्षित विशेष सुरक्षा योजना अनुसार परिचालन भएको प्रहरी टोलीले खोजतलासको क्रममा कात्तिक २८ गते मोरङबाट २४ जना, झापाबाट १ जना र सुनसरीबाट २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूबाट १ लाख ७० हजार रुपैँया जरिवाना वापतको रकम असुल उपर भएको छ भने उनीहरूलाई कैद भुक्तानको लागि कारागार पठाइएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

















Discussion about this post