Monday, July 27, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

विपन्न र असहाय बिरामीका लागि निःशुल्क १० प्रतिशत बेड छुट्याउन महानगरको निर्देशन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख २१, २०८१
in समाचार
0
विपन्न र असहाय बिरामीका लागि निःशुल्क १० प्रतिशत बेड छुट्याउन महानगरको निर्देशन
124
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : विपन्न, असहाय र बेवारिसे बिरामीहरूको निःशुल्क उपचारका लागि नेपाल सरकारले तोकेको १० प्रतिशत बेड अनिवार्य छुट्याई कार्यान्वयनमा ल्याउन विराटनगर महानगरपालिकाले अग्रसरता देखाएको छ ।

विराटनगर महानगरपालिकाभित्र सञ्चालित स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधिहरूलाई महानगरले कुल बेडको १० प्रतिशत अनिवार्य छुट्याउन निर्देशन दिएको छ । मेयर नागेश कोइरालाले नेपाल सरकारले तोकेको सुविधा सम्बन्धित व्यक्तिले मात्रै पाउने व्यवस्था मिलाउनुपर्नेमा जोड दिए । उनले विपन्नका नाममा पहुँचवालाले सेवा लिइरहेको भन्ने गुनासो आइरहेको बताए ।

संविधानले नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने अधिकार सुनिश्चित गरेको भन्दै कोइरालाले महानगर त्यसप्रति गम्भीर रहेको बताए ।

उनले अस्पतालहरूले लक्षित समूहलाई उपलब्ध गराएको सुविधा पारदर्शी हुनुपर्नेमा जोड दिए । मेयर कोइरालाले हरेक महिना त्यसको प्रतिवेदन महानगरलाई बुझाउन निर्देशनसमेत दिए ।

उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतसमेतको उपस्थितिमा भएको छलफलमा अस्पताल सञ्चालकहरूले सरकारले तोकेको सुविधा लक्षित वर्गलाई उपलब्ध गराउन तयार रहेको प्रतिबद्धता जनाएका थिए ।

निजी अस्पतालहरूको छाता संगठन अफिनका कोशी प्रदेश अध्यक्ष डा. शकर अधिकारीले लक्षित वर्गलाई सुविधा उपलब्ध गराउन तयार भए पनि सबै नागरिकले स्वास्थ्य बिमा गर्नु आवश्यक रहेको औंल्याए । उनले लक्षित वर्गले पाउनुपर्ने सुविधा हुनेखाने र धनी वर्गले उपभोग गरिरहेको दाबी गरे ।

डा. श्यामकुमार रौनियारले अस्पतालमा भर्ना भई उपचार गराउने र डिस्चार्ज हुने बेलामा विपन्न नभएका व्यक्तिहरूलाई सुविधा दिन विभिन्न क्षेत्रबाट दबाब आउने गरेको गुनासो गरे ।

विपन्न पहिचान हुने प्रमाण भएको खण्डमा सुविधा उपलब्ध गराउन सहज हुने उनको भनाइ थियो ।

सो क्रममा तथ्यांक अधिकृत दीपक भट्टराई, स्वास्थ्य अधिकृत रमेश कार्की र जनस्वास्थ्य अधिकृत भूपेन्द्र साहले सरकारले तोकेको १० प्रतिशत बेड निःशुल्क उपलब्ध गराउनुपर्ने सम्बन्धी ऐन, कानुन, निर्देशिकामा भएका व्यवस्थाहरूका विषयमा जानकारी गराए ।

विराटनगर महानगरपालिकालाई सरकारी र निजी गरी ३० वटा अस्पतालले नियमित विवरण उपलब्ध गराइरहेको स्वास्थ्य महाशाखा प्रमुख दिलीप यादवले बताए । ती अस्पतालमा हाल २ हजार ८ सय ५५ बेड रहेको छ ।

यसैबीच, स्वास्थ्य बिमा बोर्डको परिपत्रअनुसार १ सय बेडको अस्पताले हप्तामा एक दिन, २ सय बेडको अस्पतालले हप्तामा २ दुई र ३ सय बेड र सोभन्दा बढी क्षमता भएका अस्पतालले ३ दिन नजिकको आधारभूत स्वास्थ्य सेवा केन्द्रमा वहिरंग विशेषज्ञ सेवा उपलब्ध गराउने प्रतिबद्धतासमेत गरिएको छ ।

त्यस्तै, केही दिनयता बढ्दै गएको अत्यधिक गर्मीका कारण हुने लु (तातो हावा) बाट हुने स्वास्थ्य समस्याको आकस्मिक उपचारमा अस्पतालहरूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

Tags: #विराटनगर#स्वास्थ्यनागेश कोइरालाविराटनगर महानगरपालिका
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

तनाव नघटेपछि कप्तानगन्जमा नेपाली सेना परिचालन
FEATURE BREAKING

तनाव नघटेपछि कप्तानगन्जमा नेपाली सेना परिचालन

by टाकुरा न्यूज । इटहरी
साउन ११, २०८३
0

इटहरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि उत्पन्न तनाव नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ।...

सुनसरीको कप्तानगन्जमा कर्फ्यु निष्प्रभावी, सुरक्षा निकायमाथि चुनौती
FEATURE BREAKING

सुनसरीको कप्तानगन्जमा कर्फ्यु निष्प्रभावी, सुरक्षा निकायमाथि चुनौती

by टाकुरा न्यूज । इटहरी
साउन ११, २०८३
0

इटहरी : सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा लागू गरिएको अनिश्चितकालीन कर्फ्यु प्रभावकारी हुन नसक्दा सुरक्षा निकायमाथि ठूलो चुनौती थपिएको छ। कर्फ्यु...

काँकडभिट्टा–लौकही सडक विस्तार : पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

काँकडभिट्टा–लौकही सडक विस्तार : पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

साउन ११, २०८३
लागतको चापले झापाको माछापालन व्यवसाय सङ्कटमा

लागतको चापले झापाको माछापालन व्यवसाय सङ्कटमा

साउन ११, २०८३
धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

सुनसरीका दुई पालिकामा निषेधाज्ञा, साँझ ७ बजेसम्म पाँच जनाभन्दा बढी भेला हुन रोक

साउन ११, २०८३
सुनसरीमा सशस्त्र प्रहरीको गोली लागेर एक युवाको मृत्यु, सर्वसाधारण र सुरक्षाकर्मीसहित १८ जना घाइते

सुनसरीमा सशस्त्र प्रहरीको गोली लागेर एक युवाको मृत्यु, सर्वसाधारण र सुरक्षाकर्मीसहित १८ जना घाइते

साउन ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

तनाव नघटेपछि कप्तानगन्जमा नेपाली सेना परिचालन

तनाव नघटेपछि कप्तानगन्जमा नेपाली सेना परिचालन

साउन ११, २०८३
सुनसरीको कप्तानगन्जमा कर्फ्यु निष्प्रभावी, सुरक्षा निकायमाथि चुनौती

सुनसरीको कप्तानगन्जमा कर्फ्यु निष्प्रभावी, सुरक्षा निकायमाथि चुनौती

साउन ११, २०८३
काँकडभिट्टा–लौकही सडक विस्तार : पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

काँकडभिट्टा–लौकही सडक विस्तार : पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

साउन ११, २०८३
लागतको चापले झापाको माछापालन व्यवसाय सङ्कटमा

लागतको चापले झापाको माछापालन व्यवसाय सङ्कटमा

साउन ११, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    773 shares
    Share 309 Tweet 193
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    630 shares
    Share 252 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.