Tuesday, September 8, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

विराटनगरमा बरगाछी–रानी सडक सौन्दर्यकरणको प्रक्रिया सुरु

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख २४, २०८१
in समाचार
0
विराटनगरमा बरगाछी–रानी सडक सौन्दर्यकरणको प्रक्रिया सुरु
72
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाले साकार रुप लिने भएको छ ।

विभिन्न बैंकले प्रतिबद्धता जनाएअनुसारको रकम जम्मा गर्न थालेसँगै परियोजना कार्यान्वयन प्रक्रियासमेत सुरु भएको हो । महानगरले बैंक तथा वित्तीय संस्थाको सहयोगमा सडकको सौन्दर्यकरण प्रक्रिया सुरु गरेको हो ।

सडक सौन्दर्यकरणका लागि आवश्यक पर्ने रकम विराटनगरमा सञ्चालित बैंक तथा वित्तीय संस्थाहरूले उपलब्ध गराउने प्रतिबद्धताअनुसार पहिलो चरणमा चारवटा बैंकले ७ लाख ५० हजार रकम जम्मा गरेका छन् ।

सोमबार महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीलाई बैंकहरूले रकमको चेक हस्तान्तरण गरेका छन् ।

बैंकर्स एसोसिएसन कोशी प्रदेशका अध्यक्ष सन्तोष बुढाथोकीसहितको टोलीले महानगरमै पुगेर मेयर कोइराला र उपमेयर कार्कीलाई चेक हस्तान्तरण गरेका हुन् ।

एनएमबी बैंकका प्रदेश प्रमुखसमेत रहेका बुढाथोकी, एनआईसी बैंकका हिरा पौडेल, एनआईएमबीका राजीब गजुरेल, नेपाल बैंकका सूर्यप्रकाश भट्ट, ग्लोबल आइएमई बैंकका सुलभहरि जोशीलगायतले आ–आफ्नो बैंकका तर्फबाट उपलब्ध रकमको चेक हस्तान्तरण गरेका छन् ।

सार्वजनिक निजी साझेदारी अवधारणाबमोजिम महानगरले दुई महिनाअघि छलफल आयोजना गरेर बैंकर्स एसोसिएसनका प्रदेश अध्यक्ष बुढाथोकीको संयोजकत्वमा आर्थिक संकलन समिति गठन गरेको थियो ।

प्राविधिकसहितको सो समितिले लामो अध्ययन गरी फूल र विरुवाको जात, लागत अनुमानलगायत समेटेर महानगरलाई प्रतिवेदन बुझाएको थियो । समितिले बुझाएको प्रतिवेदनका आधारमा सौन्दर्यकरणको प्रक्रिया सुरु भएको महानगरका मेयर कोइरालाले जानकारी दिए ।

महानगर एक्लैले विराटनगर बनाउन असम्भव भएकाले यहाँ रहेका बैंक तथा वित्तीय संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण गर्न आह्वान गरेअनुसार सहयोग प्राप्त भएको मेयर कोइरालाले बताए ।

‘विराटनगर बनाउने दायित्व हामी जनप्रतिनिधि र महानगरको मात्रै होइन,’ मेयर कोइरालाले भने, ‘विराटनगरमा प्रदेश कार्यालय र शाखा कार्यालय भएका बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम गरिरहेका हुन्छन् । यसपटक सडक सौन्दर्यकरणका लागि सहयोग प्राप्त भएको छ । विराटनगर बनाउने सन्दर्भमा अन्य संघसंस्थालाई पनि महानगरसित हातमालो गर्न आह्वान पनि गर्दछु ।’

५ किलोमिटर लम्बाई रहेको विराटनगर बरगाछी–रानी सडकमा ४६ वटा मेडिएम (डिभाइडर) रहेको सडक सौन्दर्यकरण अभियानको संयोजन गरिरहनुभएका पुनमकुमार दाहालले जानकारी दिए ।

सो सडक सौन्दर्यकरण गर्न ५५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । अनुमान गरिएको रकम माटो मिलाउने, विभिन्न जातका फूल तथा विरुवा रोप्ने, घेराबार गर्ने, पानी पटाउन ट्यांकर खरिद गर्ने, दुईजना मालीको व्यवस्थापन गर्ने, एक वर्षसम्म अन्य समग्र व्यवस्थापनका लागि खर्च गरिनेछ ।

महानगरले गठन गरेको समितिले ‘क’ वर्गका बैंकका लागि २ लाख, ‘ख’ वर्गका लागि १ लाख ५० हजार, ‘ग’ वर्गका लागि १ लाख र ‘घ’ वर्गका बैंक र लघुवित्त संस्थाहरूका लागि ५० हजार रुपैयाँ निर्धारण गरेको थियो ।

सोही समितिले निर्धारण गरेको रकममध्ये बैंकहरूले रकम जम्मा गर्न सुरु गरेका हुन् ।

परियोजनाका लागि छुट्टै बैंक खाता सञ्चालनमा ल्याइएको दाहालले बताए । विराटनगरमा ४२ वटा बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा रहेका छन् । विराटनगरको सौन्दर्यकरणमा सबै बैंक सहभागी हुने एसोसिएसनका अध्यक्ष बुढाथोकीले बताए ।

परियोजनालाई पारदर्शी बनाउन महानगरले उद्योगी तथा समाजसेवी वेनिगोपाल मुन्दडाको संयोजकत्वमा ९ सदस्यीय उपभोक्ता समितिसमेत गठन गरेको छ ।

सो समितिले जनसहभागिता गराएर आगामी सातादेखि परियोजनालाई अगाडि बढाउनेछ ।

Tags: #विराटनगरविराटनगर महानगरपालिकासौन्दर्य
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

भोटेकोशी विपत्तिका दिवंगतको स्मृतिमा सुनसरीमा सामूहिक पाठ
विविध

भोटेकोशी विपत्तिका दिवंगतको स्मृतिमा सुनसरीमा सामूहिक पाठ

by टाकुरा न्यूज । इटहरी
भदौ २२, २०८३
0

इटहरी : रसुवाको भोटेकोशी क्षेत्रमा भएको भीषण विपत्तिमा दिवंगत भएकाहरूको चिरशान्तिको कामना तथा बेपत्ता भएकाहरूको सकुशल खोजीका लागि सुनसरीका विभिन्न...

हिमाल चढ्नेहरूको भीडमा टासीको अधुरो यात्रा
FEATURE BREAKING

हिमाल चढ्नेहरूको भीडमा टासीको अधुरो यात्रा

by अर्जुन उप्रेती
भदौ २२, २०८३
0

इटहरी : शिखर चुम्ने सपना पछाउँदै गर्दा आधार शिविरमै ज्यान गुमाउन पुगे टाशी शेर्पाले । टेन्टमा सुतिरहेकै अवस्थामा उनको मृत्यु...

चार हजार तीन सय किलोभन्दा बढी गाँजासहित ९९ जना पक्राउ

चार हजार तीन सय किलोभन्दा बढी गाँजासहित ९९ जना पक्राउ

भदौ २२, २०८३
भोटेकोशी बाढी पीडितलाई ताप्ली गाउँपालिकाकाे उन्नाईस लाख सहयोग

भोटेकोशी बाढी पीडितलाई ताप्ली गाउँपालिकाकाे उन्नाईस लाख सहयोग

भदौ २२, २०८३
भोजपुरमा ग्रामीण जनजीवनलाई थप सहज बनाउँदै विद्युत् सेवा

करेन्ट लागेर विद्युत कर्मचारीकोे ज्यान गयो

भदौ २२, २०८३
बसाइँसराइले उदयपुरका पहाडी गाउँ रित्तिँदै

बसाइँसराइले उदयपुरका पहाडी गाउँ रित्तिँदै

भदौ २२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

भोटेकोशी विपत्तिका दिवंगतको स्मृतिमा सुनसरीमा सामूहिक पाठ

भोटेकोशी विपत्तिका दिवंगतको स्मृतिमा सुनसरीमा सामूहिक पाठ

भदौ २२, २०८३
हिमाल चढ्नेहरूको भीडमा टासीको अधुरो यात्रा

हिमाल चढ्नेहरूको भीडमा टासीको अधुरो यात्रा

भदौ २२, २०८३
प्रकृतिको ताण्डव (कविता)

प्रकृतिको ताण्डव (कविता)

भदौ २२, २०८३
चार हजार तीन सय किलोभन्दा बढी गाँजासहित ९९ जना पक्राउ

चार हजार तीन सय किलोभन्दा बढी गाँजासहित ९९ जना पक्राउ

भदौ २२, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    449 shares
    Share 180 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    310 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    293 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    281 shares
    Share 112 Tweet 70

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.