इटहरी : झापा, मोरङ र ताप्लेजुङ जिल्लाको विभिन्न स्थानरूबाट लागूऔषधसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका १ स्थितमा प्रहरी चौकी मेवाखाबाट खटिएको प्रहरी टोलीले प्रदेश १–०३–००१ प ३२६१ नम्बरको स्कुटरलाई चेकजाँच गर्दा स्कुटर चालक फुङलिङ ३ का ३० वर्षीय सुवासचन्द्र दाहाल र स्कुटर पछाडि सवार २५ वर्षीय योगेश भारतीको साथबाट ४ ग्राम ४० मिलिग्राम ब्राउनसुगर फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै, विराटनगर १६ हुलास चौकबाट पैदलयात्री इटहरी १६ का ३१ वर्षीय मिलन तामाङलाई लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको टोलीले १ ग्राम ५८ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।
उता, झापाको बिर्तामोड नगरपालिका ३ स्थित डेरा गरी बस्ने बिर्तामोड ४ का ३६ वर्षीय रवि दास र १९ वर्षीया आयुसा भुजेललाई प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले ६९ ग्राम ६२० मिलिग्राम लागुऔषध गाँजासहित नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उनीहरूको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरूबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post