Friday, April 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

कांग्रेस सुनसरी क्षेत्र नं. २ (क)को आयोजनामा ‘राणाकालदेखि गणतन्त्रसम्म’ विषयक विचार गोष्ठी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ १५, २०८१
in समाचार
0
कांग्रेस सुनसरी क्षेत्र नं. २ (क)को आयोजनामा ‘राणाकालदेखि गणतन्त्रसम्म’ विषयक विचार गोष्ठी
90
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. २ (क)को आयोजनामा राणाकालदेखि गणतन्त्रसम्म विषयक विचार गोष्ठीको आयोजना गरेको छ ।

मंगलबार १७ औँ गणतन्त्र दिवसको अवसर पारेर कांग्रेस प्रदेशसभा समितिले विचार गोष्ठी, अन्तरक्रियालगायतको कार्यक्रमको आयोजना गरेको हो ।

विचार गोष्ठीमा नेपाली कांग्रेसका प्रचारप्रसार विभाग प्रमुख तथा पूर्व मन्त्री मीन विश्वकर्मा प्रमुख वक्ता थिए । उनले राणाकालदेखिको हालसम्म नेपाली कांग्रेसले गरेका ऐतिहासिक आन्दोलन र कार्यक्रमबारे प्रष्ट्याए ।

‘कांग्रेसकै नेतृत्वमा ठूला आन्दोलनहरू भए । कांग्रेसकै कारण आज देशमा लोकतन्त्र स्थापना भयो । तर, आज कांग्रेसले गरेका कामको प्रचार गर्न नसक्दा अरुले नै जस लिइरहेका छन्,’ विश्वकर्माले भने, ‘ठूला–ठूला आन्दोलनमा कांग्रेसले नेतृत्व लिएकै कारण आज जनताले पनि नेतृत्व लिने अवसर पाएका छन् । तर, अझै जनहीतमा काम गर्न जरूरी छ ।’

उनले पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढिरहेको र मान्छेले आफ्नो विचार राख्दापनि भीडको पछि नै लाग्नुपर्ने अवस्था रहेको बताए ।

उनले भने, ‘हामीले आफ्नो विचार राख्नका निम्ति पनि सोच्नुपर्ने बेला आएको छ । एउटा भीडको जमात एकातिर छ र आफूले फरक विचार राखियो भने चर्को आलोचना हुने र एकले अर्काको विचारको सम्मान गर्न नसक्ने अवस्था बन्दै गएको छ ।’

उनले सामाजिक सञ्जाल प्रयोग गर्ने मामिलामा कांग्रेस आफैँले आफैँलाई विरोध गरिरहेकोसमेत बताए । विश्वकर्माले थपे, ‘हामीले राम्रोलाई राम्रो पनि भन्न सकिरहेका छैनौँ ।’

२००७ सालभन्दा अघिको कांग्रेसमा निस्वार्थ राजनीति भएपनि अहिले भने आफूलाई पार्टीले के दियो ? परिवारलाई के दियो ? भन्ने कुरा उठेर राजनीतिमा स्वार्थ हाबी भएको बताए ।

‘विश्वेश्वरप्रसाद कोइरालाले बर्षौँअघिदेखि संघर्ष गर्दा प्रजातन्त्र स्थापना गर्न नसक्दा थप संघर्ष गर्नुभयो । तर, अहिले पार्टीमा लागेको पाँच वर्ष नभइ पार्टीले के दियो ? भन्ने प्रचलन आएको छ । यो त राजनीतिमा स्वार्थ मात्रै भयो ।’ उनले भने ।

कार्यक्रमलाई प्रदेश प्रतिनिधि विकास गिरीले सहजीकरण गरेका थिए ।

उद्घाटन सत्रमा भने आमन्त्रित नेताहले शुभकामना मंतव्य राखेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय राजीव कोइराला, राजीव ढुंगाना, पूर्व राज्यमन्त्री सीताराम मेहता, सुनसरी सभापति केदार भण्डारी, महिला संघकी नेत्री गीता श्रेष्ठ, किसान संघका नेता केशवप्रसाद भट्टराई, महाधिवेशन प्रतिनिधि विकास केसीलगायतले शुभकामना मंतव्य राखे ।

सभापति सुबेक्छु देवान राईका अनुसार आफूहरूले हरेक समय पृथक कार्यक्रमको आयोजना गरेको बताए ।

उनले अघिल्लो वर्षदेखि नै रचनात्मक कार्यक्रमको सुरुआत गरेको र आगामी दिनमा पनि कांग्रेसलाई चलायमान बनाउन यस्तै किसिमको कार्यक्रम आयोजना गर्ने जनाए ।

साथै, सोही कार्यक्रमको अवसर पारेर पछिल्लो समय देशमा विद्यमान रहकेो सहकारी समस्या निरूपण र सहकारी पीडितहरूलाई न्याय दिलाउनका लागि सांकेतिक विरोधस्वरूप हस्ताक्षर संकलनसमेत गरिएको सचिव चिन्तामणि सापकोटाले जानकारी दिए ।

Tags: #कांग्रेस#नेपाली कांग्रेसमीन विश्वकर्मासुवेक्छु देवान
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा गैँडाको खागसहित चार जना पक्राउ
FEATURE BREAKING

सुनसरीमा गैँडाको खागसहित चार जना पक्राउ

by रासस
बैशाख ४, २०८३
0

सुनसरी : सुनसरी बर्जु गाउँपालिका–६ बाट बिहीबार राति गैडाको खागसहित चार जनालाई नियन्त्रणमा लिएको छ । गोप्य सूचनाका आधारमा सशस्त्र...

विराट गोल्डकप : चर्च ब्वाइजलाई स्तब्ध पार्दै घरेलु टोली सम्राट फाइनलमा
खेलकुद

विराट गोल्डकप : चर्च ब्वाइजलाई स्तब्ध पार्दै घरेलु टोली सम्राट फाइनलमा

by टाकुरा न्यूज । इटहरी
बैशाख ४, २०८३
0

विराटनगर : घरेलु टोली सम्राट स्पोर्टिङ क्लब विराटनगरमा जारी ३८ औं संस्करणको नोबेल विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।...

प्लानिङ ब्वाइज युनाइटेड इटहरी गोल्डकपको सेमिफाइनलमा, क्वाटरफाइनल समीकरण पूरा

प्लानिङ ब्वाइज युनाइटेड इटहरी गोल्डकपको सेमिफाइनलमा, क्वाटरफाइनल समीकरण पूरा

बैशाख ३, २०८३
दुर्घटनामा १५ दिने शिशुको मृत्यु

सिटी सफारी अनियन्त्रित भएर दुर्घटना हुँदा एक बालकको मृत्यु

बैशाख ३, २०८३
शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

बैशाख ३, २०८३
त्रिधार्मिकस्थल हलेसीमा बोलबमको रौनक, भारतीय दर्शनार्थीको भीड

पूर्वाधार थपिँदा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो

बैशाख ३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा गैँडाको खागसहित चार जना पक्राउ

सुनसरीमा गैँडाको खागसहित चार जना पक्राउ

बैशाख ४, २०८३
विराट गोल्डकप : चर्च ब्वाइजलाई स्तब्ध पार्दै घरेलु टोली सम्राट फाइनलमा

विराट गोल्डकप : चर्च ब्वाइजलाई स्तब्ध पार्दै घरेलु टोली सम्राट फाइनलमा

बैशाख ४, २०८३
प्लानिङ ब्वाइज युनाइटेड इटहरी गोल्डकपको सेमिफाइनलमा, क्वाटरफाइनल समीकरण पूरा

प्लानिङ ब्वाइज युनाइटेड इटहरी गोल्डकपको सेमिफाइनलमा, क्वाटरफाइनल समीकरण पूरा

बैशाख ३, २०८३
दुर्घटनामा १५ दिने शिशुको मृत्यु

सिटी सफारी अनियन्त्रित भएर दुर्घटना हुँदा एक बालकको मृत्यु

बैशाख ३, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1237 shares
    Share 495 Tweet 309
  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    689 shares
    Share 276 Tweet 172
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    463 shares
    Share 185 Tweet 116
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • तरहरामा दुई वटा मोटरसाइकल ठोक्किँदा भुजेलको मृत्यु, दुई घाइते

    370 shares
    Share 148 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.