इलाम : आफ्नै बुवाको हत्या गरी फरार रहेका एक पुरुषलाई प्रहरीले पक्रेको छ।
इलामको माई नगरपालिका १० ढोडेनीका ३५ वर्षे रामबहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार जेठ १६ गते उनले आफ्नै बुवा ६६ वर्षे दिलबहादुर राईलाई चिर्पट प्रहार गरी हत्या गरेको आरोप छ ।
चिर्पटले हिर्काएर फरार रहेको खबर पाएपछि प्रहरीले उनको खोजी गरेको थियो।
खोजी गर्ने क्रममा उनलाई माई नगरपालिका १० को ढोडेनी जंगलमा फेला परेको प्रहरीको घनाइ छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













Discussion about this post