इटहरी : कोशी प्रदेशका विभिन्न जिल्लाहरूबाट लागूऔषधसहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले कोशी प्रदेशका छुट्टाछुट्टै स्थानहरूबाट लागूऔषध ब्राउनसुगर १४ ग्राम ९६८ मिलिग्रामसहित ४ जना र नियन्त्रित औषधी १ हजार ४१७ ट्याब्लेटसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका उनीहरूको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरूबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post