मोरङ : विराटनगरलाई सुन्दर सहरका रुपमा विकास गर्ने अभियानअन्तर्गत बरगाछी(रानी सडक सौन्दर्य परियोजनाको आज शुभारम्भ गरिएको छ ।
महानगरपालिका प्रमुख नागेश कोइरालाले विराटनगर(६ र ९ स्थित भट्टीचोकमा रहेका डिभाइडरको बिचमा आज फूलका बिरुवा रोपेर अभियानको शुभारम्भ गर्नुभएको हो ।
महानगर प्रमुख कोइरालाले रोपिएका फूल एवम् बिरुवा संरक्षणका लागि नगरवासीलाई आग्रह गर्दै आगामी दिनमा थप क्षेत्रमा अभियान सञ्चालन गरिने र यसलाई नगरको गहनाका रुपमा लिनुपर्ने बताउनुभयो ।
महानगरमा रहेका वित्तीय संस्थाको सहयोगमा वरगाछीदेखि रानीसम्म पाँच किलोमिटर क्षेत्रमा रु ५५ लाखको लागतमा आगामी एक वर्षभित्र ४६ वटा मिडियम ९डिभाइडर० सडक सौन्दर्य अभियान सम्पन्न गरिने अभियान उपभोक्ता समितिका अध्यक्ष बेनीगोपाल मुण्दडाले जानकारी दिनुभयो ।
मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई र महानगरकी उपप्रमुख शिल्पा कार्कीले नगर क्षेत्रलाई सुन्दर बनाउन अभियानबाट मद्दत हुने बताउनुभयो ।
फूल र बिरुवाको सुरक्षाका लागि तारजाली लगाउन, फूल रोप्ने ठाउँमा खाल्डो खन्ने, मल हाल्नेलगायत कार्य सम्पन्न भएको छ । रासस












Discussion about this post