Thursday, August 6, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

महानगरद्वारा मनसुनजन्य विपद न्यूनीकरणको पूर्वतयारी सुरु

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार २, २०८१
in विविध, समाचार
0
महानगरद्वारा मनसुनजन्य विपद न्यूनीकरणको पूर्वतयारी सुरु
88
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : विराटनगर महानगरपालिकाले मनसुनजन्य विपदबाट हुने क्षति न्यूनीकरण गर्न पूर्वतयारी सुरु गरेको छ ।

महानगरले बाढी र डुबानको क्षेत्र पहिचान गरी व्यवस्थापन गर्न तयारी सुरु गरेको हो ।

मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको उपस्थितिमा सरोकारवालासहितको बैठक बसेर पूर्वतयारीलाई तीव्रता दिएको छ ।

सम्भावित डुबान हुने क्षेत्रको पहिचान गरी विस्थापित भएकाहरुका लागि आश्रयस्थलसमेत पहिचान गरिसकेको विपद व्यवस्थापन शाखाकी प्रमुख अनिता न्यौपाने कोइरालाले जानकारी दिइन् ।

महानगरले विभिन्न ८ वटा क्षेत्रहरू तयार गरेको छ ।

जसमा समग्र व्यवस्थापन सूचना, खोज तथा उद्धार, खाद्य तथा कृषि, स्वास्थ्य तथा पोषण, खानेपानी तथा वातावरण प्रवद्र्धन, आपतकालीन आश्रम तथा गैरखाद्य सामग्री, सुरक्षा तथा संरक्षण, आपतकालीन शिक्षा र शीघ्र पुनर्लाभ रहेका छन् ।

उक्त विषयगत क्षेत्रहरुले आपतकालीन अवस्थामा तत्कालै सेवाहरू उपलब्ध गराउने कोइरालाले बताइन् । महानगरले आवश्यक सामग्रीसहित स्थानीय आपतकालीन सेवा केन्द्र तयारी अवस्थामा राखेको मेयर कोइरालाले बताए ।

उनले सुरक्षाका तीनवटै निकाय, रेडक्रस, उद्योगी व्यवसायी, समाजसेवी, राजनैतिक दल, नागरिक समाजसहित सबैको सहकार्य र समन्वयमा बाढी तथा डुबानबाट हुने क्षति न्यूनीकरण गर्न सकिने धारणा राखे ।

पहिचान भएका आश्रयस्थललाई चुस्तदुरुस्त राख्न नागरिक समाजले बैठकमा सुझाव दिएको छ । विराटनगर महानगरका ९ र १० वडाबाहेक अन्य वडाहरू बाढी तथा डुबानबाट प्रभावित हुने गरेका छन् ।

Tags: #विराटनगरविपदविराटनगर महानगरपालिका
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ
विविध

ब्राउनसुगरसहित इटहरीका दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
साउन २०, २०८३
0

इटहरी : सुनसरीका छुट्टाछुट्टै स्थानबाट प्रहरीले ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इटहरी उपमहानगरपालिका–५ जनता...

विविध

झापा : भन्सार छली गरी भण्डारण, २५ लाख मूल्य बराबरका सामान बरामद

by रासस
साउन २०, २०८३
0

झापा : झापाको मेचीनगर नगरपालिका-७ को एक घरबाट प्रहरीले करिब रु २५ लाख मूल्य बराबरको भन्सार छलीका अवैध सामान बरामद...

इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

सोलुखुम्बुमा न्वारन पूजाको विवादमा नातिले गरे हजुरबुबाको हत्या

साउन २०, २०८३
पूर्वमा खेती खुम्चिँदा उद्योगलाई विदेशी जुटको भर

पूर्वमा खेती खुम्चिँदा उद्योगलाई विदेशी जुटको भर

साउन २०, २०८३
एकै दिनमा किन पछाडि हट्यो सुनसरी प्रशासन ? भोलिबाट औषधी पसल बाहेक अरु पसल खोल्न नपाईने

सार्वजनिक स्थानका जातीय तथा धार्मिक झण्डा हटाउन सुनसरी प्रशासनको अपिल

साउन २०, २०८३
सुनसरी–सिरहा घटना मृतकका परिवारलाई क्षतिपूर्ति र राहत दिने मन्त्रिपरिषद्को निर्णय

सुनसरी–सिरहा घटना मृतकका परिवारलाई क्षतिपूर्ति र राहत दिने मन्त्रिपरिषद्को निर्णय

साउन २०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

ब्राउनसुगरसहित इटहरीका दुई जना पक्राउ

साउन २०, २०८३

झापा : भन्सार छली गरी भण्डारण, २५ लाख मूल्य बराबरका सामान बरामद

साउन २०, २०८३
इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

सोलुखुम्बुमा न्वारन पूजाको विवादमा नातिले गरे हजुरबुबाको हत्या

साउन २०, २०८३
पूर्वमा खेती खुम्चिँदा उद्योगलाई विदेशी जुटको भर

पूर्वमा खेती खुम्चिँदा उद्योगलाई विदेशी जुटको भर

साउन २०, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    633 shares
    Share 253 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.