इलाम : इलामको फाकफोकथुम गाउँपालिका ६ स्थितमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ६६ वर्षीय कुलबहादुर विश्वकर्मा रहेका छन् ।
पानी परिरहेको बेला छाता ओडेर हिँडिरहेको अवस्थामा बाटोमा छाताले विद्युतको तारमा अचानक छुन पुग्दा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल इलाम पठाएर घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।












Discussion about this post