इटहरी : लागूऔषधसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरीका एकजना छन् ।
प्रहरीले झापा र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित पाँचजनालाई पक्राउ गरेको हो । विराटनगर १५ बाट इटहरी ७ का २५ वर्षीय सविन दियालीलाई नाईट्राभेट ३० ट्याबलेटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यसैगरी सोही स्थानबाट मोरङको धनपालथान गाउँपालिका ४ का विशाल मुखिया र २० वर्षीय श्रवण कुमार मण्डललाई २०० ग्राम गाँजासहित प्रहरी चौकी अमाहीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
उता, झापाको गौरीगञ्ज गाउँपालिका १ स्थितमा प्रहरी चौकी महाभाराबाट खटिएको प्रहरी टोलीले पैदलयात्री कमल गाउँपालिका १ का ३० वर्षीय उद्धव भट्टराई र दमक ५ का २६ बर्षीय इन्द्रप्रसाद तिम्सिनाको साथबाट ६ ग्राम ७३० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो ।
पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post