Saturday, April 18, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीका यी निजी विद्यालय, जसले बुझाएनन् उपमहानगरले मागेको तथ्यांक

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार २३, २०८१
in टाकुरा विशेष, समाचार
0
202
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी उपमहानगरपालिकाले एसईई परीक्षाको नतिजा माग गरेपनि यहाँका निजी विद्यालयहरूले नतिजा बुझाउन आनाकानी गरेका छन् ।

यस वर्ष एसईई परीक्षामा कमजोर नतिजा प्राप्ताङ्क भएका कारण विद्यालयहरूले तथ्यांक सार्वजनिक हुने डरले नबुझाएको जानकारहरूको भनाइ छ ।

एसईईको नतिजा सार्वजनिक भएपछि उपमहानगरको शिक्षा शाखाले सार्वजनिक नतिजाको तथ्याङ्क पटकपटक माग गरेपनि यहाँका निजी विद्यालयहरूले तथ्याङ्क बुझाउन आनाकानी गरेका हुन् ।

इटहरी उपमहानगर शिक्षा शाखाका अनुसार इटहरीका कुल ६८ वटा निजी विद्यालयमध्ये ४१ वटा विद्यालयले तथ्यांक बुझाउन बाँकी रहेको छ । बाँकी विद्यालयले भने तथ्यांक बुझाएको शिक्षा शाखाले जनाएको छ । सामुदायिक विद्यालयहरूले भने यसअघि नै तथ्याङ्क बुझाइसकेका छन् ।

तथ्याङ्क नबुझाउने विद्यालयहरूमा सुनसरी क्रिष्टल एकेडेमी, बाल आदर्श बोर्डिङ स्कुल, लिटल केयर बोर्डिङ स्कुल, पूर्वाञ्चल सेकेण्डरी बोर्डिङ स्कुल, प्याराडाइस सेकेण्डरी बोर्डिङ स्कुल, बालविकास इङ्लिस बोर्डिङ स्कुल, ज्ञानदपर्ण एकेडेमी, इष्ट वेष्ट पोइन्ट, महर्षि स्कुल, तरहरा मोडेल एकेडेमी रहेका छन् ।

यसैगरी फुजिसान सगरमाथा बोर्डिङ, गोदावारी विद्या मन्दिर, भेल्भेट इङ्लिस बोर्डिङ स्कुल, मोडर्न प्रिपेरेटोरी सेकेण्डरी स्कुल, भृकुटी सेकेण्डरी स्कुल, जयन्ती विन्धवासिनी विद्यासदन, पशुपति इङ्लिस बोर्डिङ स्कुल, एसओएस हर्मन माइनर, कस्तुरी सेकेण्डरी स्कुल, कोसी सेन्ट जेम्स आवासीय माध्यमिक विद्यालयले तथ्याङ्क नबुझाएको शिक्षा शाखाले जनाएको छ ।

यस्तै, नर्थ पोइन्ट इङ्लिस बोर्डिङ स्कुल, सेक्रेट हार्ट इङ्लिस बोर्डिङ स्कुल, युनिभर्सल इङ्लिस सेकेण्डरी स्कुल, चामुण्डा भगवती आवासीय मावि, बोर्डिङ माध्यमिक विद्यालय, गार्डेन एकेडेमी, हाम्रो इङ्लिस बोर्डिङ स्कुल, सेफर्ड चिल्ड्रेन एकेडेमी, सुष्मा सेकेण्डरी स्कुल, होराइजन एकेडेमी, वाई पोइन्टिङ बोर्डिङ स्कुल, इटहरी नोबेल एकेडेमीले नतिजा बुझाएका छैनन् ।

यसैगरी लिटल फ्लावर्स इङ्लिस स्कुल, कञ्चनजंघा इङ्लिस बोर्डिङ स्कुल, इटहरी मोडेल सेकेण्डरी स्कुल, पाथीभरा इङ्लिस बोर्डिङ स्कुल, बेबिलोन सेकेण्डरी बोर्डिङ स्कुल, शान्तिनगर इङ्लिस स्कुल, न्यू ऐरा चिल्ड्रेन एकेडेमी, साई चिल्ड्रेन होम्स इङ्लिस बोर्डिङ स्कुल र खनार मोडेल एकेडेमीले तथ्याङ्क बुझाएका छैनन् ।

शिक्षा शाखाका अधिकृत तीर्थ गौतमका अनुसार एसइई परीक्षाको नतिजा बुझाउन अटेर गरेपछि तथ्यांकमा समस्या परिरहेको छ ।

‘यसअघि उपमहानगरपालिकाले तीन दिनभित्र यहाँ सञ्चालित सबै विद्यालयहरूलाई एसइईको नतिजा पठाउन परिपत्र गरेपनि अहिलेसम्म अधिकांश विद्यालय प्रशासनले तथ्याङ्क बुझाएका छैनन्,’ उनले भने, ‘तथ्याङ्क नबुझाउने विद्यालयहरूलाई नगर शिक्षा ऐन अन्तर्गत कारबाही हुन्छ ।’

Tags: #इटहरी#इटहरी उपमहानगरपालिकाटाकुरा विशेषनिजी विद्यालयविद्यालयशिक्षा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कञ्चनजङ्घा क्षेत्रमा पर्यटक बढेसँगै व्यवसायी उत्साहित
भिजिट नेपाल

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन

by रासस
बैशाख ५, २०८३
0

ताप्लेजुङ : जिल्लामा अवस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन सुरु भएको छ । मौसम अनुकूल बन्दै जाँदा...

बिस्कुटमा रौँ भेटिएपछि सुनसरीबाट उत्पादन हुने ‘गुडलाइफ’ उद्योगलाई २ लाख जरिबाना 
FEATURE BREAKING

बिस्कुटमा रौँ भेटिएपछि सुनसरीबाट उत्पादन हुने ‘गुडलाइफ’ उद्योगलाई २ लाख जरिबाना 

by टाकुरा न्यूज । इटहरी
बैशाख ५, २०८३
0

इटहरी : सुनसरीको दुहबीबाट उत्पादन हुँदै आएको ‘गुडलाइफ’ ब्रान्डअन्तर्गतको ‘डाइजेस्टिभ नट्स’ बिस्कुटमा रौँ भेटिएको छ । जसकारण नियामक निकायले उद्योगलाई २...

विराट गोल्डकप : आज फाइनल खेल, कसले उचाल्छ ट्रफी ?

विराट गोल्डकप : आज फाइनल खेल, कसले उचाल्छ ट्रफी ?

बैशाख ५, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

उदयपुरमा ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु

बैशाख ५, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा काँचो केरासहित चार जना नियन्त्रणमा

बैशाख ५, २०८३
इटहरी गोल्डकप : मछिन्द्रलाई पराजित गर्दै युवा समाज फाइनलमा

इटहरी गोल्डकप : मछिन्द्रलाई पराजित गर्दै युवा समाज फाइनलमा

बैशाख ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कञ्चनजङ्घा क्षेत्रमा पर्यटक बढेसँगै व्यवसायी उत्साहित

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन

बैशाख ५, २०८३
बिस्कुटमा रौँ भेटिएपछि सुनसरीबाट उत्पादन हुने ‘गुडलाइफ’ उद्योगलाई २ लाख जरिबाना 

बिस्कुटमा रौँ भेटिएपछि सुनसरीबाट उत्पादन हुने ‘गुडलाइफ’ उद्योगलाई २ लाख जरिबाना 

बैशाख ५, २०८३
विराट गोल्डकप : आज फाइनल खेल, कसले उचाल्छ ट्रफी ?

विराट गोल्डकप : आज फाइनल खेल, कसले उचाल्छ ट्रफी ?

बैशाख ५, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

उदयपुरमा ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु

बैशाख ५, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1252 shares
    Share 501 Tweet 313
  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    689 shares
    Share 276 Tweet 172
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    464 shares
    Share 186 Tweet 116
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • तरहरामा दुई वटा मोटरसाइकल ठोक्किँदा भुजेलको मृत्यु, दुई घाइते

    370 shares
    Share 148 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.