इटहरी : गुडिरहेको कारलाई रोकेर चेकजाँच गर्ने क्रममा इटहरीबाट गाँजासहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । गाँजासहित पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालिका ८ का ३४ वर्षीय दर्शन राई रहेका छन् ।
आइतबार (आज)बिहानको राति १ बजे इटहरी वडा नं. ९ स्थित साथी पेट्रोल पम्प अगाडि सवारी साधन चेकजाँच गर्ने क्रममा उनलाई बा १५ च ७१४४ नम्बरको कारसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले कारबाट २४३ केजी गाँजासहित उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार कारको डिकीमा कालो प्लाष्टिकले बेरेर बोरामा प्याकिङ गरी राखेको ९ पोकामा उक्त परिमाणको गाँजा रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका राईको साथबाट नगद ५० हजार आठ सय ५० र दुई थान मोबाइल फोन बरामद गरिएको प्रहरीको भनाइ छ ।
गाँजासहित पक्राउ परेका राईमाथि आइतबार जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post