झापा : झापामा १६ वर्षीय बालिकामाति सात जनाले सामूहिक बलात्कार गरेका छन् ।
झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दका अनुसार बालिकालाई अलगअलग स्थानमा पुर्याएर एकैरात सातजनाले सामूहिक बलात्कार गरेका हुन् । एउटा घटनामा ३ र अर्को घटनामा ४ जनाको संलग्नता रहेको चन्दले जानकारी दिए ।
सुरुमा हटिया लाग्ने स्थानको फलैँचा र त्यसपछि होटलमा लगेर बलात्कार गरिएको चन्दले बताए । प्रहरीका अनुसार घटना शुक्रबार रातिको हो । घटनामा संलग्न सातजनामध्ये ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पीडित बालिकाले शनिबार जाहेरी दिएपछि प्रहरीले घटनामा संलग्नमध्ये ६ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–५ का १९ वर्षीय अनिष लिम्बू, अर्जुनधारा–८ का ३४ वर्षीय सरोज राई र २५ वर्षीय केशव मगर रहेका छन् । यसैगरी अर्जुनधारा ७ कै लंका राजवंशी, २० वर्षीय सुदीप श्रेष्ठ, सुजन डाँगी छन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार अर्जुनधारा ८ को नयाँ बजारमा हटिया लाग्ने स्थानको फलैँचा र त्यसपछि होटलमा लगेर बलात्कार गरिएको देखिन्छ ।
अनिष, सरोज र केशवले सुरुमा हटियामा करणी गरेको प्रहरीको दाबी छ । त्यसपछि अर्जुनधारा–७ स्थित लंका होटल एन्ड रिसोर्टमा बालिकालाई लगिएको थियो । होटलमा होटल मालिकसहित चारजना कामदारले करणी गरेको देखिएको प्रहरीले बताएको छ ।
होटल सञ्चालक राजवंशी हुन् । सुदीप, सुजन र सञ्जीव होटलका कामदार हुन् । होटलका अर्का कामदार फरार छन् । फरार हुनेमा सञ्जीव तामाङ रहेका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूविरुद्ध जबरजस्ती करणी मुद्दा चलाएर घटनाबारे सुक्ष्म अनुसन्धान गरिने प्रहरीको भनाइ छ ।











Discussion about this post