इटहरी : सुनसरीमा चोरीको दुई वटा मोटरसाइकलसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानले चोरीको दुई वटा मोटरसाइकलसहित ६ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सप्तरी जिल्लाको बिष्णुपुर गाउँपालिका १ का २३ वर्षीय दीपक कुमार यादव, राजविराज नगरपालिका १ का २० वर्षीय मो. सर्फराज इराकी, राजविराज नगरपालिका २ का २४ वर्षीय लालु भन्ने मो. रहमान, राजविराज नगरपालिका २ का अरविन यादव, सिरहा जिल्ला घर भई हाल विराटनगरमा डेरा गरी बस्ने ऋतिक यादव र सुरज साह रहेका छन् ।
भदौ ३ गते धरान उपमहानगरपालिका १७ रेल्वे चोकबाट मोटरसाइकलको चोरी भएको जानकारी पाएपछि खोजतलासमा खटिएको प्रहरी टोलीले चोरी भएको प्रदेश १–०२–०४४ प ५९४२ नम्बरको र बा १४ च ८०२६ नम्बरको रोयल इन्फिल्ड मोटरसाइकल र मोटरसाइकल चोरी गर्न प्रयोग गरिएको बा १४ च ८०२६ नम्बरको स्कारपियो गाडीसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
चोरीको मोटरसाइकलसहित पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।













Discussion about this post