Thursday, September 3, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

विराटनगर महानगरद्वारा कक्षा ११ को छात्रवृत्तिका लागि परीक्षा सञ्चालन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ १०, २०८१
in समाचार
0
विराटनगर महानगरद्वारा कक्षा ११ को छात्रवृत्तिका लागि परीक्षा सञ्चालन
97
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : विराटनगर महानगरपालिकाले कक्षा ११ को छात्रवृत्तिका लागि सोमबार परीक्षा लिएको छ ।

विराटनगरस्थित आदर्श मावि र पोखरिया माविमा केन्द्र तोकेर महानगरले छात्रवृत्तिका लागि परीक्षा लिएको हो । परीक्षाको महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले अनुगमनसमेत गरेका छन् ।

जेहेन्दार, गरिब तथा विपन्नका लागि राज्यले तोकेको छात्रवृत्तिको सुविधा लक्षित वर्गलाई उपलब्ध गराउने उद्देश्यले महानगरले परीक्षा लिएको हो । महानगरले गत वर्षदेखि छात्रवृत्तिको परीक्षा लिन सुरु गरेको थियो ।

त्यसअघि विद्यालयहरूले आफूखुसी छात्रवृत्ति दिँदै आएका थिए । उनीहरूले कागजमा मात्रै सीमित छात्रवृत्ति सुविधा प्रदान गरेको विवरण महानगरमा बुझाउँदै आएका थिए ।

लक्षित वर्गले मात्रै छात्रवृत्ति प्राप्त गरारुन् भन्ने उद्देश्यले महानगरले सबै प्रक्रिया पूरा गरेर परीक्षा लिएको मेयर कोइरालाले बताए ।

‘वास्तविक जेहेन्दार, विपन्न, दलितसहितका लक्षित वर्गले छात्रवृत्ति सुविधा पाउन् भन्ने महानगरको उद्देश्य हो,’ उनले भने, ‘त्यही भएर गत वर्षदेखि हामीले छात्रवृत्तिका लागि परीक्षा लिन सुरु गरेका हौं ।’ मेयर कोइरालाले कक्षा ११ को जस्तै अन्य कक्षाका लागि पनि महानगरले छात्रवृत्तिको परीक्षा लिने योजना गरेको बताए ।

विराटनगरभित्र सञ्चालित १९ विद्यालयका लागि एक हजार दुई सय सात जनाले परीक्षा दिएका छन् । जसमध्ये सात सय २७ जनाले छात्रवृत्ति प्राप्त गर्नेछन् ।

जेहेन्दारका लागि ३५ प्रतिशत, विपन्नका लागि ३५ प्रतिशत, जनजातिका लागि १० प्रतिशत, दलितका लागि ५ प्रतिशत, अपाङ्गका लागि ५ प्रतिशत, मुस्लिमका लागि ५ प्रतिशत र अन्यका लागि ५ प्रतिशत छुट्याइएको निमित्त प्रमुख प्रशासकीय अधिकृतसमेत रहेका शैक्षिक महाशाखा प्रमुख रामप्रसाद ढुंगेलले जानकारी दिए ।

उनका अनुसार एक हप्ताभित्र छात्रवृत्तिको परीक्षाफल सार्वजनिक हुनेछ ।

Tags: #परीक्षा#विराटनगरछात्रवृत्तिविराटनगर महानगरपालिका
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

ठगी गर्ने इटहरीका सुन पसले जेल चलान
FEATURE BREAKING

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ १८, २०८३
0

इटहरी : जेनजी आन्दोलनका क्रममा झुम्का कारागार, सुनसरीबाट फरार भएका एक बन्दीलाई प्रहरीले पक्राउ गरेको छ । आपराधिक प्रवेश तथा...

बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए
विविध

काँकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो’ निगरानी

by रासस
भदौ १८, २०८३
0

झापा : नेपालको पूर्वी नाका काँकडभिट्टामा सशस्त्र प्रहरी बलले ‘गोप्रो क्यामेरा’ जडान गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं...

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

भदौ १७, २०८३
मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

भदौ १७, २०८३
मोरङका सरकारी कार्यालयमा बिचौलियाविरुद्ध प्रशासनको ‘एक्सन’, ३० जना पक्राउ

मोरङमा बाढीपीडितका लागि ९८ लाखभन्दा बढी आर्थिक सहयोग सङ्कलन

भदौ १७, २०८३
कोशी ब्यारेज पुल

कोशी ब्यारेजमा पानीको बहाव खतराको तहमा, २७ वटा ढोका खोलिए

भदौ १७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

काँकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो’ निगरानी

भदौ १८, २०८३

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

भदौ १७, २०८३
मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

भदौ १७, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    308 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    292 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    282 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.