इटहरी। कोशी ब्यारेजमा पानीको बहाव खतराको तहमा पुगेको छ। बुधबार बेलुका ५ः०४ बजे गरिएको मापनअनुसार कोशी ब्यारेजमा पानीको बहाव २ लाख ६ हजार ९ सय ९५ क्युसेक रहेको छ।
हाल पानीको बहाव स्थिर रहे पनि जोखिमलाई ध्यानमा राख्दै ब्यारेजका २७ वटा ढोका खोलिएका छन्।
ब्यारेक व्यवस्थापनले कोशी नदी आसपास तथा तटीय क्षेत्रका स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ।












Discussion about this post