Tuesday, September 8, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

कोशी प्रदेशसभा : विधेयक सर्वसम्मतले पारित

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ १४, २०८१
in समाचार
0
कोसी प्रदेशसभा बैठक
76
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : कोशी प्रदेशसभाको आजको बैठकमा ‘केही प्रदेश ऐनको साबिकको व्यवस्था जगाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतले पारित भएको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले पेश गरेको सो प्रस्ताव सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा विधेयक सर्वसम्मतले पारित भएको हो ।

यसैगरी, मन्त्री अधिकारीले प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन सहित) को नियम ९२ बमोजिम ‘प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ र ‘प्रदेश कृषि व्यवसाय प्रवद्र्धन अनुदान ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक’ प्रस्तावस्वरूप सदनमा पेस गर्नुभएको थियो ।

सो अवसरमा मन्त्री अधिकारीले प्रदेश सरकार बनेको समयदेखि नै जनताको चाहना र आवश्यकतामा विशेष ध्यान दिएको बताए । उनले प्रदेशमा हालै आएको बाढी र पहिरोबाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै सरकार राहत, उद्धार एवं खोजमा निकै क्रियाशील भएर काम गरेको जानकारी दिए ।

मन्त्री अधिकारीले सोलुखुम्बुको थामे गाउँमा आएको बाढी र पहिरोमा परेका परिवारलाई आवश्यकताका आधारमा तत्काल राहत वितरण गरेको जानकारी दिँदै भने, “सरकार जनताको जीउधनको रक्षा गर्न क्षमताले भ्याएसम्म काम गर्छ ।”

नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका उपनेता तिलकुमार म्याङ्बोले विशेष समयमा पटकपटकको परिवर्तन र फरेबदलले सरकारले स्थिरता नपाउँदा जनताका धेरै काम हुन नसकेको बताए । उनले अहिलेको सरकार जनताले अपेक्षा गरेअनुरुप काम गर्ने विश्वास व्यक्त गरे ।

नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले लामो समयदेखि सदन अवरुद्ध हुँदा जनताका मुद्दामा बृहत् छलफल हुन नसकेको भन्दै माओवादीले सरकारलाई प्रतिपक्षमा बसेर रचनात्मक सहयोग गर्ने बताए ।

प्रतिपक्षको भूमिका निर्वाहमा कुनै कसर बाँकी नराख्ने भन्दै नेता आङ्बो सरकारलाई जनताका तर्फबाट राम्रो कामको समर्थन र गलत कामका लागि खबरदारीको भूमिका निर्वाह गर्न पछि नपर्ने प्रतिक्रिया दिए ।

यसैबीच मुलुकको समसामयिक विषयमा शून्य समयमा कोशी प्रदेशसभा सदस्य गोम्बू शेर्पा, रमेशकुमार बस्नेत, किशोरचन्द्र दुलाल, यशोदा कायस्त, मैयाँ श्रेष्ठ, मीना श्रेष्ठ, इन्द्रमणि पराजुली, गीता रेग्मी र गोपालबहादुर विश्वकर्माले बोलेका थिए । अब प्रदेशसभाको बैठक शनिबार (भोलि) बस्नेछ ।

Tags: #राससप्रदेशसभाप्रदेशसभा बैठक
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

भोटेकोशी विपत्तिका दिवंगतको स्मृतिमा सुनसरीमा सामूहिक पाठ
विविध

भोटेकोशी विपत्तिका दिवंगतको स्मृतिमा सुनसरीमा सामूहिक पाठ

by टाकुरा न्यूज । इटहरी
भदौ २२, २०८३
0

इटहरी : रसुवाको भोटेकोशी क्षेत्रमा भएको भीषण विपत्तिमा दिवंगत भएकाहरूको चिरशान्तिको कामना तथा बेपत्ता भएकाहरूको सकुशल खोजीका लागि सुनसरीका विभिन्न...

हिमाल चढ्नेहरूको भीडमा टासीको अधुरो यात्रा
FEATURE BREAKING

हिमाल चढ्नेहरूको भीडमा टासीको अधुरो यात्रा

by अर्जुन उप्रेती
भदौ २२, २०८३
0

इटहरी : शिखर चुम्ने सपना पछाउँदै गर्दा आधार शिविरमै ज्यान गुमाउन पुगे टाशी शेर्पाले । टेन्टमा सुतिरहेकै अवस्थामा उनको मृत्यु...

चार हजार तीन सय किलोभन्दा बढी गाँजासहित ९९ जना पक्राउ

चार हजार तीन सय किलोभन्दा बढी गाँजासहित ९९ जना पक्राउ

भदौ २२, २०८३
भोटेकोशी बाढी पीडितलाई ताप्ली गाउँपालिकाकाे उन्नाईस लाख सहयोग

भोटेकोशी बाढी पीडितलाई ताप्ली गाउँपालिकाकाे उन्नाईस लाख सहयोग

भदौ २२, २०८३
भोजपुरमा ग्रामीण जनजीवनलाई थप सहज बनाउँदै विद्युत् सेवा

करेन्ट लागेर विद्युत कर्मचारीकोे ज्यान गयो

भदौ २२, २०८३
बसाइँसराइले उदयपुरका पहाडी गाउँ रित्तिँदै

बसाइँसराइले उदयपुरका पहाडी गाउँ रित्तिँदै

भदौ २२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

भोटेकोशी विपत्तिका दिवंगतको स्मृतिमा सुनसरीमा सामूहिक पाठ

भोटेकोशी विपत्तिका दिवंगतको स्मृतिमा सुनसरीमा सामूहिक पाठ

भदौ २२, २०८३
हिमाल चढ्नेहरूको भीडमा टासीको अधुरो यात्रा

हिमाल चढ्नेहरूको भीडमा टासीको अधुरो यात्रा

भदौ २२, २०८३
प्रकृतिको ताण्डव (कविता)

प्रकृतिको ताण्डव (कविता)

भदौ २२, २०८३
चार हजार तीन सय किलोभन्दा बढी गाँजासहित ९९ जना पक्राउ

चार हजार तीन सय किलोभन्दा बढी गाँजासहित ९९ जना पक्राउ

भदौ २२, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    449 shares
    Share 180 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    310 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    293 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    281 shares
    Share 112 Tweet 70

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.