इटहरी : इटहरीका एक युवकसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । मोरङ, सुनसरी र धनकुटाबाट लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले इटहरी उपमहानगरपालिका १० का ३७ वर्षीय निकेश साहलाई विराटनगर महानगरपालिका १५ स्थितबाट १ ग्राम ६३ मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो
यसैगरी भट्टाचोक मोरङबाट खटिएको प्रहरी टोलीले पथरीशनिश्चरे नगरपालिका १ का ३७ वर्षीय अरुण मण्डललाई लुपिजेसिक र डाईजेपाम्प ३९ एम्पुलसहित विराटनगर १ बाट पक्राउ गरेको हो ।
त्यसैगरी प्रहरी चौकी सिधुवाबाट खटिएको प्रहरी टोलीले धनकुटाको छथर जोरपाटी गाउँपालिका ६ का २२ वर्षीय सञ्जय राईलाई ४५८ ट्याब्लेट र ५६० क्याप्सुलसहित पक्राउ गरेको हो ।
यसैगरी इलाका प्रहरी कार्यालय चतरा सुनसरीबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका १ बाट ६७० ग्राम लागूऔषध गाँजा र ५३० ग्राम चाँदीको दानासहित ५० वर्षीया ईन्द्रकुमारी विश्वकर्मालाई पक्राउ गरेको हो ।
लागूऔषधसहित पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post