इटहरी : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २ गते विश्वासको मत लिने भएका छन् ।
नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै उनले दोस्रोपटक विश्वासको मत लिन लागेका हुन् ।
संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीको नेतृत्वमा अहिले कांग्रेस पनि सहभागी भएको छ ।
९३ सदस्यीय कोशी प्रदेशसभामा मुख्यमन्त्री कार्कीको दल नेकपा एमालेका ४० सांसद (उपसभामुखसहित) छन् । कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६ (सभामुखसहित), नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद गरी ९३ जना सांसद छन् ।
बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । एमाले र कांग्रेसको बहुमत स्पष्ट छ ।














Discussion about this post